राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा एक बिध्यालयले शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला निकायसँग शैक्षिक बहस थालेको छ।
प्युठान नगरपालिका–९ स्थित बाल बिध्या माध्यमिक विद्यालय मरन्ठाना मजुवाले शैक्षिक गुणस्तर वृद्धिका लागि समुदाय,अभिभावक,शिक्षक,बिध्यार्थि र विद्यालय व्यवस्थापन समिति र सम्पुर्ण सरोकारवालालाई जवाफदेही बनाउन बहसको थालनी गरिएको हो।
वडाको एक मात्र रहेको उक्त माध्यामिक बिध्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले विभिन्न सरोकारवाला निकायसँग शैक्षिक र भौतिक अवस्था सुधारमा बहस कार्यक्रम चलाएको बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष नेहरसिह के.सि जानकारी दिनुभयो। ‘विद्यालयको अवस्था र हामीले नेतृत्व गरेको भूमिकालाई प्रभावकारी बनाउन सबै सरोकार पक्षलाई ध्यानाकर्षण गराएका हौं’,उहाँले भन्नुभयो-‘शिक्षक,बिध्यार्थी,वडा कार्यालय,विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले खेल्नुपर्ने भुमिका बारे पुर्ण जानकारी होस् भनेर पनि कार्यक्रम गरेका हौँ।’ सबै ‘सरोकारवालाले सम्बोधन गर्न सक्ने बिषयमा पहलका लागि उहाँहरूलाई जवाफदेही बनाउन यसले सहयोग गर्नेछ,’उहाँले भन्नुभयो,‘जसले बिध्यालय प्रशासन,विद्यार्थी र अभिभावकलाई पनि शैक्षिक समस्या समाधानका लागि क्रियाशील बनाउनेछ।’
बिध्यालयको भौतिक पूर्वाधारमा सुधार,विद्यार्थीको नियमितता तथा शिक्षक शिक्षिकाहरूको शिक्षण शैलीलाई व्यवस्थित गर्न बहसले सहयोग गर्ने उहाँको अनुमान छ।
कार्यक्रममा सहभागीहरुले शैक्षिक गुणस्तरमा केहि सुधार आएपनि सन्तोष लिने ठाउँ नरहेको बताउनुभएको छ। बिध्यालय सँग स्पष्ट योजना नभएका कारण शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको सरोकारवालाको बुझाई छ।
कार्यक्रममा बिध्यालयका पुर्ब अध्यक्ष टेकुलाल गिरीले शिक्षामा कुनै पनि तरिकाबाट हस्तक्षेप नभए गुणस्तर बढ्ने बताउनुभयो।चुनौती र समस्या भएपनि समन्वयबाट समाधान गर्न सकिने बताउँदै इच्छाशक्तिले मात्रै नतिजा आउने गरी काम गर्न कठिन नभएको बताउनुभयो। ‘शिक्षामा हस्तक्षेप रोकिने हो भने भने अनुसारको नतिजा आउँछ´उहाँले भन्नुभयो-समुदायको विश्वास फर्काउन अब पनि नलाग्ने हो भने पेशागत विश्वास नै धरापमा पर्छ।त्यसका लागि सबै सरोकार पक्षको खाँचो छ।’
विद्यालयको शैक्षिक गुणस्तर अवस्था चिन्ताजनक रहेकोले शैक्षिक गुणस्तर वृद्धिका लागि नीतिगत सुधार,शिक्षक शिक्षक बिच एकता र लगनशिलताको खाँचो रहने हुँदा गुणस्तर बृद्धिमा सबै पक्ष लाग्न उहाँको सुझाव छ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के.सि शैक्षिक गुणस्तर बढाउनका लागि आफुले पहल गरेको बताउनुभयो।
विद्यालयको शिक्षामा गरिने लगानी सम्बन्धमा विभिन्न पद्धति र प्रक्रिया अपनाइने छ अध्यक्ष के सि ले भन्नुभयो।-"वडामा अबस्थित सामुदायिक बिध्यालयको स्तरीय शिक्षाको प्रत्याभूतिका लागि लगानी प्रक्रिया र पद्धतिका सम्बन्धमा समयक्रममा बहस पनि हुँदै आएका छन्।"
उहाँका अनुसार गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि पर्याप्त लगानी र त्यसको चुस्त व्यवस्थापन अपरिहार्य शर्त हो,वास्तवमा शिक्षामा सरकारी लगानीको औचित्य त्यतिबेला मात्र पुष्टि हुन्छ,जतिबेला आशातीत प्रतिफल प्राप्त हुन्छ।
विद्यालयका प्रध्यानाध्यापक केशु गिरीले विद्यालयले गति लिएको र शैक्षिक गुणस्तर सुधार भइरहेको बताउनुभयो । उहाँले गरिब तथा विपन्न विद्यार्थी र अभिभावकले शिक्षाका लागि बाल बिध्या मावि रोज्ने गरेको चर्चा गर्नुभयो।
बिध्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि निरन्तर आफ्नो टिम खटे सङ्गै गत शैक्षिकसत्रमा प्युठान नगरपालिका भित्रका सामुदायिक विद्यालय मध्य तेस्रो स्थान प्राप्त गर्न सफल भएको जानकारी दिदै बिध्यालयले क्रमिक रुपमा शैक्षिक गुणस्तर कायम गर्न सफल भएको समेत दाबी गर्नुभयो।
आइतबार बिध्यालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रम विद्यालय वडाका जनप्रतिनिधि,व्यवस्थापन समिति,बिध्यालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष,शिक्षक,बिध्यार्थी,अभिभावकको सहभागिता रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्