मल्लरानी एमालेको पहिलो बैठक सम्पन्न,मल्लरानी जस्तै उचाईमा पार्टीलाई पुर्याउने अध्यक्ष पाैडेलकाे उद्घाेष

मल्लरानी एमालेको पहिलो बैठक सम्पन्न,मल्लरानी जस्तै उचाईमा पार्टीलाई पुर्याउने अध्यक्ष पाैडेलकाे उद्घाेष

सीता बि.क
प्युठान,नेकपा एमाले मल्लरानी गाउँपालिकाको दोस्रो अधिबेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक शनिबार मल्लरानी गाउँपालिकाकाे सुन्दर पर्यटकिय क्षेत्र मल्लरानी डाँडामा सम्पन्न भएको छ। बैठकले अधिवेशन सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ। बैठकमा सहभागी लुम्बिनी प्रदेश सदस्य दिपा पौडेलका अनुसार बैठकमा नवनिर्वाचित अध्यक्ष नोमराज पौडेलले जनताको आसा र भरोसा नेकपा एमाले रहेको बताउदै आज प्रधानमन्त्री मात्रै भएर होइन कि देशलाई सहि नेतृत्व गर्न सक्ने नेता भएकाले केपी ओली प्रती जनताको बढी बिश्वांस भएको बताउनुभयो।
नेकपा एमाले मल्लरानी गाउँपालिकाको नेतृत्व हाक्ने जिम्मेवारी आफुलाई प्राप्त भएकोमा खुशि व्यक्त गर्दै उहाँले पार्टीलाई अझ थप संगठित बनाइ पालिकाकै उच्च तथा सुन्दर मल्लरानी जस्तै नेकपा एमाले पार्टिलाई उचाईमा पुर्याउने उहाँको उद्घोष थियो। 
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य तथा मल्लरानी गाउँपालिका इन्चार्ज  दिपा पौडेलले जनताको समस्यामा सहयात्री बनेर जनताका बिचमा जाने,जनताका गुनासा सुन्ने,समस्या तत्कालै समाधान गरि पार्टीलाई जनतासँग जोडिनुपर्ने बताउनुभयो ।नेकपा एमाले प्रती भएको घेरा बन्दी र गठबन्धन गरि मल्लरानी गाउँपालिकाको स्थानीय निर्वाचनमा उपबिजेता भएपनि जनमतको हिसाबले हामी पहिलो पार्टी हौं"उहाले भन्नुभयो।आगामी निर्वाचनमा बिजय सुनिश्चितताका लागि निर्धक्क भएर पार्टिको बिचार,विधि,विधान र सिद्धान्त अनुसार पार्टिको सङगठन निर्माणमा लागि पर्न अनरोध गर्नुभयो।
कार्यक्रममा जिल्ला पार्टी सचिव कमरेड ईन्द्रमणी पाेख्रेल,उप सचिव  कमरेड ईश्वरा आचार्य, जिल्ला कमिटी सचिवालय सदस्य एवं निर्वाचन क्षेत्र ख का संयाेजक ईश्वर थापा मगर,जिल्ला कमिटी सचिवालय सदस्य पशुपति नारायण नकर्मी,जिल्ला सदस्यहरु सन्देश आचार्य,पाेम बहादुर नेपाली,सीता बि.क,मल्लरानी गाउँपालिका पुर्व अध्यक्ष सुनिल शाही (लेकाली),राष्ट्रिय युवा संघ प्यूठान सचिव किरण पन्थि,मल्लरानी गाउँपालिका पुर्व सह ईन्चार्ज रामचन्द्र के सी  लगाएतको उपस्थिति रहेको थियो।