समय अगाबै निर्माण सम्पन्न गर्ने "नमुना ठेकेदार बालाजु श्रेष्ठ" सम्मानित 

समय अगाबै निर्माण सम्पन्न गर्ने "नमुना ठेकेदार बालाजु श्रेष्ठ" सम्मानित 

राम बहादुर बिश्वकर्मा
प्युठान,कति आयोजनाहरु सरकारी तयारीकै अभावमा अलपत्र बन्न पुगेका छन,कतिपय आयोजनाहरु स्थानीयको अवरोधले सिथिल बनेका छन् त कुनै ठेकेदारको बेवास्ताको शिकार बनी समयमा काम नसक्ने अक्सर निर्माणका काम अलपत्रपारी निर्माण व्यवसयीनै फरार रहेको समाचारहरु आउँने गरेको छ।तर प्युठानमा भने समय अगाडीनै काम सकेर एक निर्माण व्यवसायी सम्मानित हुनुभएको छ । 
बहुचर्चित  युवा व्यवसायी तथा आँसु निर्माण सेवाका संचालक बालाजु श्रेष्ठ लाई ऐरावती गाउँपालिकाले समय अगाडी नै  गुणस्तरीय सडक कालोपत्रे गरेकाे भन्दै गाउँपालिकाको १८ औं गाउँसभाको अवसर पारेर श्रेष्ठलाई ५० हजार नगद सहित सम्मान गरिएको गाउँपालिकाले सम्मान गरेको हो।निर्माण व्यवसायी महा संघका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठको कम्पनिले २०८१ असार ११ गते सडक पूर्वाधार विकास कार्यालय संग संझौता गरेको थियो।
२०८२ पुष १० गतेसम्म कार्य सम्पन्न गर्ने भनिएकोमा सम्झौता मिति अगावै निर्माण गरेर प्रशंसनीय कार्य गर्नुभएको छ।
निर्माण व्यवसायि श्रेष्ठले आँसु हरियाली जे भि मार्फत ऐरावती गाउँपालिका पुग्ने चेरनेटा पुरन्ठाटी जोगिटारी सडकको कैरन पकला खण्ड कालोपत्रे गर्ने कार्य समय अगावै सम्पन्न गरेकाले श्रेष्ठलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष नविल बिक्रम शाहले  बताउनुभयो । उहाँले भन्नुभयो “हामीले राम्रो काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेका छौँ । यसले राम्रो काम गर्ने व्यवसायीलाई काम गर्न थप ऊर्जा मिल्नेछ।” 
गुणस्तरीय निर्माण कार्य गरी निर्माण क्षेत्र तथा सामाजिक क्षेत्रमा समेत छुट्टै पहिचान बनाउनुभएका सफल युवा निर्माण व्यवसायी श्रेष्ठ यस अगाडि पनि सघन भवन डिभिजन कार्यालय दाङ्ग मार्फत पनि समयमै काम सम्पन्न गरेको भन्दै ११ लाख ६६ हजार बोनस सहित सम्मानित हुनुभएको थियो।श्रेष्ठ जिल्लाका विभिन्न सरकारी अत्याधुनिक भवनहरु, स्थानीय तहको प्रशासकिय भवनको समयमै निर्माण कार्य सम्पन्न गरेको भन्दै सम्मानित हुनुभएको थियो।
यतिबेला  समय अगावै सडक कालोपत्रे सम्पन्न भएपछि यस क्षेत्रका स्थानीय हर्षित छन् ।
श्रेष्ठले जसरी समयमा निर्माण गरेर उदाहरणीय कार्य गरे त्यसै गरि सवै व्यवसायीले पनि गर्ने हाे भने निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक हुने थियोे।सर्वसाधारणले समयमा काम नगरेका कारण निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण राम्रो छैन।
कार्यक्रममा सम्मान ग्रहण गर्दै श्रेष्ठले आफुलाई निर्माण कार्यमा थप उर्जा प्राप्त भएका बताउनुभयो।