गौरवका साथ सरुमारानीबाट बिदाई भए,प्रमुख प्रशासकीय अधिकृत पाठक

गौरवका साथ सरुमारानीबाट बिदाई भए,प्रमुख प्रशासकीय अधिकृत पाठक

सीता बि.क
प्युठान,२ बर्ष अघि जिल्ला निर्वाचन कार्यालय प्युठान बाट कार्यालय प्रमुख देबिराम पाठक प्रमुख प्रशासकीय अधिकृत भएर सरुमानी गाउँपालिकामा आउनुभयो।पूर्व प्रमुख प्रशासकीय अधिकृत झैं उहाँले पनि  जिम्मेवारी अनुसार काम गरे।तर जनप्रतिनिधि,ब्यापारी,समाजसेवी मात्र होइन संचार माध्यमलाई गर्ने उहाँको ब्यवहार कार्यालय प्रमुख जस्तो मात्र थिएन।नागरिकसँग छिट्टै घुलमिल हुनसक्ने पाठक सबैको लागि साथीभाई जस्तो व्यबहार गर्नुहुन्थ्यो ।२ बर्षको अवधिमा उहाँको काम र ब्यवहारले सबैको मन जिते र छुट्ने बेला सबैको माया पाउनुभयो।

सम्बोधन गर्नुहुदै:दुई बर्ष सरुमारानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको भुमिकामा रहि बिदाई लिनुभएका देबिराम पाठक 


सरुमारानि गाउँपालिका क्षेत्रमा बसोबास गर्ने अधिकांश जनप्रतिनिधि,अधिकारकर्मी र कर्मचारीहरुका फेसबुक वालहरु उनलाई गरिएको सम्मान तस्वीरले रङ्गिएका छन् ।
पाठक  करिब दुईबर्ष अगाडी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदमा कार्य सम्पादन गर्न आउनुभएको थियो ।
उहाँले गाउँपालिकामा पदभार ग्रहण गरेपछि सेवाग्रहीहरुलाई सहज बनाउन भुमिका निर्वाह गर्दै जनमैत्री सेवा शुरु गर्ने पहिलो दिनै बताउनुभएको थियो । भने कार्यपालिका सदस्यहरुवाट सल्लाह र सहकार्यमा अत्याधिक पहल गरेर अगाडी बढ्ने पनि बताउनुभएको थियो।
नभन्दै पाठकले कार्यपालिकामा कहिले पनि विवादित नभई  कुशलतापुर्व  प्रशासनीक क्षेत्रमा उल्लेखनिय सुधार गरी सरुमारानी गाउँपालिकालाइ प्युठान जिल्ला स्थित वित्तिय सुधारको क्षेत्रमा समेत १ नम्बर बनाउन सफल हुनुभएको थियो।
पाठकको लोकप्रियताको कारण नागरिकलाई गर्ने स-प्रेम ब्यवहार नै हो।उनी जनप्रतिनिधि,कर्मचारी तथा जोसुकै सेवाग्राही सङ्ग मीठो बोली र सम्मानका साथ प्रस्तुत हुनुहुन्थ्यो ।
अहिले प्रमुख प्रशासकिय अधिकृत पाठकको सरुमारानी गाउँपालिकाबाट सरुवा भएको छ।सोही कार्य क्षेत्रमा र जनमैत्री काम गरेको भनि गाउँपालिकाले भव्य स्वागत गरी बिदाई गरेको छ।
२०७९ फागुन २१ गते सरुमारानी गाउँपालिकामा आएर प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेका पाठक राप्ती गाउँपालिकामा सरुवा हुनुभएको छ।
बुधबार आज गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकिय अधिकृत पाठकलाई फेरि भेटौँला भन्दै विदाई गरेको हो।लामो समय प्रमुख प्रशासकिय अधिकृत भएर सरुमारानी गाउँपालिकामा रहँदा नागरीकहरुको मन जितेर उहाँ  बिदाई हुनुभएको छ।बिदाई कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले प्रमुख प्रशासकीय अधिकृत पाठकले सरुमारानी गाउँपालिकामा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। 
आफ्नो गृह पालिकामा लामो समय देखि हालसम्म पाठकले पुर्याएको योगदान प्रशंसायोग्य रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत पाठकको निजामती क्षेत्रमा अझै उन्नती र प्रगतीको कामना गर्नुभएको छ। उहाँले निति नियम भन्दा बाहीर नगएर गाउँपालिकाको सर्बोत्तम हितका निम्ति गरेको योगदान गाउँपालिकाले कहिलै नर्बिेसने बताउनुभयो।उहाँले कर्मचारी भएपछि सरुवा बढुवा हुनु स्वभाविक भएको बताउँदै गाउँपालिकामा भएका राम्रा कामको प्रचार गर्न आग्रह समेत गर्नुभयो। सबैलाई मिलाएर जाने पाठकको क्षमताले उहाँको कार्यकालभरी गाउँपालिकामा आफुले कुनै असमझदारि  वा समस्या नदेखेको उहाँको भनाई छ।उहाँले भन्नुभयो,”प्रमुख प्रशासकीय अधिकृत देबिराम पाठक एक कुसल दुरदर्शि योजना बनाउन सक्ने काम प्रती बफादार भएको कुसल जनप्रशासक भएकै कारण हामी हाम्रो पालिकालाई राम्रो बनाउन सकेका हौ”।गलत बिचार र गलत सस्कृतिले बिकास र समृद्धिमा बाधा पुग्छ,त्यसैले नराम्रो परिपाटी त्यगेर छलफल, समन्वय,र योजनाहरुको सामुहिक छलफल समिक्षाले मात्र जनपक्षीय बिकास सम्भब भएको अध्यक्ष बिश्वकर्माको तर्क छ।जनप्रतिनिधि निश्चित समयको लागि चुनिएर आएको हुन्छ ।
उहाँले,‘भन्नुभयो स्थायी सरकार भनेको कर्मचारी हो।’ त्यसैले जनतालाई अफ्ट्यारो हुने बिकास बिरोधी होइन जनभावना जनइच्छा अनुसार काम गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै सरुमारानी गाउँपालिका वडा नम्ब ४ का वडा अध्यक्ष तथा प्रवक्ता चिन्त सोमैले प्रमुख प्रशासकीय अधिकृत पाठकको समन्वयकारी र केही गर्नुपर्छ भन्ने हुटहुटीका कारण सरुमारानी गाउँपालिका अहिले यो अवस्थामा रहेको बताउनुभयो। पाठकको काम गर्ने शैली देखि आफु पनि चकित परेको उहाँको भनाई छ। बिदाई कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत देबिराम पाठकले सरुमारानिमा आफ्नो २ बर्षको कार्यअनुभव सुनाउँदै सरुमारानीमा बसेर काम गर्न पाउँदा निकै गौरवान्वित महसुस भएको बताउनुभयो।उहाँले यहाँबाट सिकेको ज्ञान र अनुभव देशका अन्य क्षेत्रहरूमा पनि प्रचारप्रसार गर्नु आफ्नो दायित्व नै भएको बताउँदै सरुमारानीको आफ्नो कार्य अनुभव जीवनको अविस्मरणीय क्षणको रूपमा लिएको बताउनुभयो।
गाउँपालिकाको समग्र बिकासमा आफ्नो कार्यकाल भर जनप्रतिनिधि कर्माचारी,पत्रकार,गैसस,स्थानीय उपभोक्ता समिती निर्माण ब्यवसायी ब्यापारी लगाएतको साथ सहयोग पाएकोले यहाँबाट धेरै कुरा सिक्ने मौका मिलेको बताउनुभयो।सहकार्य,एकता र सामुहिकताबाट नै गाउँपालिका बिकास सम्भब हुने भएकोले यस तर्फ सजग हुन कर्मचारी जनप्रतिनिधि र जनतालाई आग्रह गर्नुभयो।उहाँले भन्नुभयो, ‘योजनाको उदेश्य र कार्यान्वयन पक्षमा चाजोपाजो मिलाएमा बिकास सम्भब हुन्छ।’
त्यस्तै कार्यपालिका सदस्य तथा आर्थिक बिकास समितीका संयोजक महोम्मद हलिम हलुवाईले जनप्रतिनिधिले तयार गरेको नीतिलाई कार्यान्वयन गर्न प्रमुख प्रशासकीय अधिकृत पाठकले महत्वपूर्ण भूमिका खेल्नुभएको बताउनुभयो ।
सरुमारानीले प्रत्यक्ष र परोक्षरूपमा व्यापक जनताको सेवा गरिरहेको चर्चा गर्दै पाठक आफ्नो कार्यक्षमतालाई अब्बलरूपमा प्रस्तुत गर्न सफल भएको बताउँदै सरुमारानी बाट सिकेको अनुभवबारे अन्य ठाउँमा पनि प्रयोग र प्रचार गर्नेेमा आफू विश्वस्त भएको बताउनुभयो ।

 

२०३९ सालमा हालको मालिका गाउँपालिका गुल्मीमा जन्मिएका २०६१ सालबाट निजामति सेवामा प्रवेश गरेका पाठकले दक्षिण कोरिया बाट सार्वजनिक ब्यबस्थापन बिषयमा स्नातककोत्तर,नेपालबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका पाठकले एलएलबी समेत अध्ययन गरिरहनुभएको छ।
करिब १२ बर्ष विभिन्न मन्त्रालयमा जिम्मेवारी बहन गरेका पाठक संघीयता कार्यन्वयनमा आएसँगै सरुमारानि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका उहाँले २ बर्षमै स्थानीयहरूको मन जित्न सफल हुनुभएको छ।
गाउँपालिकाको विकासका लागि सहकार्य र समन्वयलाई बढी प्राथमिकता दिने पाठकमा अपवादबाहेक सबै कुराहरूलाई सहजै समाधान गर्नसक्ने क्षमता छ ।चाहे कानुनी व्यवस्था माथि चर्चा गरेर हुन्छ चाहे अन्य कुरा प्रभावकारी योजना ल्याएर हुन्छ, सबै कर्मचारी र जनप्रतिनिधिहरूलाई एकमत गराएर विकास निर्माणका कार्यहरू सञ्चालन गर्नसक्ने उनीमा एउटा उदाहरणीय क्षमता छ ।जसले गर्दा उहाँ गाउँपालिकाबासीहरूको मन मष्तिस्कमा बस्न सफल हुनुभएको छ।
गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी र स्थानीयले फूलमाला र अविर आवरण गरेर बिदाई गर्दै पाठकको आगामी कार्यकाल सफलताको कामना गर्नुभएको कार्यक्रमको सन्चालन शाखा प्रमुख लक्ष्मण आचार्यले गर्नुभएको थियो।