सीता बि.क
प्युठान,नेकपा(एमाले)निकट राष्ट्रिय युवा संघ,नेपाल नौबहिनि गाउँपालिका कमिटीमा नयाँ नेतृत्व आएको छ।संघको दोस्रो अधिवेशनले युवराज पुनको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको आयोजकले जनाएको छ ।
कमिटीको उपाध्यक्षमा सालिम पुन मगर,सचिव प्रकाश बुढा मगर,सह-सचिब बिष्णु बुढा मगर, सह-सचिव,दान बहादुर के.सि.,कोषाध्यक्ष निर्मला सुनार निर्वाचित भएका छन्।
सोही अवसरमा बोल्दै प्रमुख अतिथी एवं नेकपा एमाले प्युठान क्षेत्र नं. २(ख)का संयोजक इश्वर थापाले एमालेलाई बलियो बनाउने मुख्य खम्बा युवा संघ भएको बताए । पार्टीलाई चलायमान र सुदृढ बनाउनका लागि युवा संघको भूमिका अतुलनीय रहकाले सक्षम नेतृत्व आउन जरुरी रहेको उनले बताए।युवा संघले व्यक्तित्व विकास मात्र नभई नेतृत्व विकास समेत गर्ने हुँदा संघमा युवाहरु बढी आकर्षित भएको उनले तर्क गरे ।
त्यस्तै नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिदै युवा संघ प्युठानका अध्यक्ष बिशेक थापाले परिर्वतनकारी शक्तिका रुपमा एमाले उदय भएको जिकिर गर्दै उनले एमाले नेतृत्वको सरकारले गरेका उदाहरणीय कामको बारेमा जनतालाई सुसुचित गराउनमा युवा संघको भूमिका महत्वपुर्ण हुने बताए। उनले पार्टीको विधान,निति नियममा रहेर समाज निर्माणमा लाग्न सम्पूर्ण युवाहरुलाई आग्रह गरे।
प्रतिक्रिया राख्नुहोस्