सीता बि.क
प्युठान,प्युठान नगरपालिका १० स्थित छेपानेमा नेकपा एमालेका तर्फका प्युठान बाट निर्वाचित प्रतिनिधि शभा सदस्य सुर्य थापा छेपाने पुग्दा स्थानीय वासिन्दाहरुले भव्य स्वागत गरेका छन् ।
झिमरुक गाउँपालिका -१ जन्मिएका थापा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन पुग्दा स्थानीयमा खुसीको सिमानै रहेन। प्युठानको इतिहासमा नै पहिलो पटक प्रतिनिधीसभाको सदस्यमा निर्वाचित थापालाई पाउँदा उनीहरुले औपचारिक कार्यक्रममा भाषण गर्दा निकै खुसी व्यक्त गरेका छन्।निर्वाचित युवा उम्मेदवारलाई गाउँमा स्वागत गर्न पाउँदा खुसी भएका स्थानीयहरुले स्थानीय स्तरमा उत्पादित शुन्तलाको मालाले स्वागत गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य कल्पना गिरीले बताइन्।
अरु अघिपछी गरिने कार्यक्रममा भन्दा उक्त कार्यक्रममा प्युठान नगरपालिका १० मरन्ठानाका घरघरबाट स्थानीयहरु कार्यक्रममा सहभागि भएका थिए।स्वागत कार्यक्रममा खुसी हुँदै आफ्ना गाउँमा बर्षौ देखि खानेपानी,सडक, विजुलीका समस्या संगै शिक्षा,स्वास्थ्यका समस्याहरु खुलेर राखे। कार्यक्रममा बोल्दै थापाले आफुले यस क्षेत्रको सबै खालका समस्या बुझेको र समाधान गर्न तयार रहेको बताए। पहिलेका उम्मेदवारहरुले हरेक चुनावमा झुठो आस्वासन बाढ्ने निर्वाचित भए पछि मुख नदेखाउने गरेको व्यक्त गर्दै थापाले आफुले बोलेका कुरा पुरा गरेर देखाउने बताए।
यहाँको विकासका लागि आफु पाँच बर्ष सम्म यही क्षेत्रमा रहेर काम गर्ने वताए । सडक, खानेपानी र विजुलीका विषयमा धेरै राजनीति भएको वताउँदै उहाँले अब काम गरेर देखाउने वताए । अरु नेता जस्तो चुनावमा आस्वासन मात्र बाड्ने मात्र भन्दा पनि आफु काम गरेर देखाउने मतदाता सङ्ग थापाले प्रतिबद्धता समेत जनाएका हुन्।
जिल्लाको विकट यस क्षेत्रको हरेक विकासका काममा आफु सधैब साथमा रहने उनको भनाई छ।
थापाले ४१ हजार १ सय १८ मतका साथ विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी ५ दलिय गठबन्धन साझा उमेदवार दुर्गा पौडेलले ३५ हजार ८ सय १४ मत पाएकि छन् ।

प्रतिक्रिया राख्नुहोस्