नेपाल पत्रकार महासंघ प्युठानको साधारणसभा सम्पन्न

सीता बि.क 
प्युठान,नेपाल पत्रकार महासंघ शाखा प्युठानको १४ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कालिका बिकास केन्द्र बिजुवारको शभा हलमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको अवसरमा महासंघले प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रतिवेदन पेश गर्दै पास गरेको छ ।
महासंघका सचीव प्रकाश बैद्दले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रज्वल पहाडीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।महासंघका सचीव प्रकाश बैद्दले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा पछिल्लो समयमा पत्रकारहरुको हक अधिकार,क्षमता अभिवृद्धि सहित जिल्लाका ब्यबसयी,सरोकारवाला निकायहरुको सहकार्यमा सामाजिक सवालमा अग्रणी भूमिका खेल्दै आएको छ । जिल्लामा विभिन्न समयमा पत्रकारहरुको हक हित संरक्षणका लागि पैरवि गर्दै स्थानीय प्रशासन सँगको सहकार्यमा सुचना प्रवाहमा सजिलो बनाउने काम देखी विभिन्न कामहरु महासंघले गरिरहेको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले परिर्तनमा पत्रकारहरुको भूमिका अग्रमोर्चामा रहेको भन्दै अहिले पनि पत्रकारितामा टिक्न कठिन भईरहेको बताउनुभयो । पत्रकारले पाउने न्युनतम पारिश्रमिकको सन्दर्भमा महासंघ अगाडि बढिरहेको जानकारी दिनुभयो ।शाखाका अध्यक्ष सन्जय रिजालको अध्यक्षतामा सुरु भएको उद्धाटन कार्यक्रममा नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य सुशील पोख्रेल,राधा नेपाली,माण्डबी गाउँपालिका अध्यक्ष रोसन अधिकारी पत्रकारका संगठन प्रमुखहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो।
महासघका पुर्ब सह-सचीव नोमराज पौडेल,पुर्ब उपाध्यक्ष प्रमोद पोख्रेल,पुर्ब अध्यक्ष महाबिर राना,देबेन्द्र बर्मा लाई स्थानीय तहमा निर्वाचित भएकाले प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो भने शाखाका पुर्व अध्यक्ष गिरु प्रसाद भण्डारीलाई सुर्य बहादुर स्मृति सम्मान कोष बाट सम्मान पत्र सहित पुरस्कार  प्रदान गरिएको थियाे।