दशैं,तिहारमा यात्रुमैत्री सेवा दिन प्रतिबद्ध छौँ ‘गाडी नपाएर कोही पनि दुखित हुनु पर्दैन’ : अध्यक्ष श्रेष्ठ 

दशैं,तिहारमा यात्रुमैत्री सेवा दिन प्रतिबद्ध छौँ ‘गाडी नपाएर कोही पनि दुखित हुनु पर्दैन’ : अध्यक्ष श्रेष्ठ 

सीता बि.क
प्युठान,स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि. का अध्यक्ष चन्द्रमान श्रेष्ठले दशैं लगायत चाडपर्वका समय यात्रुलाई प्रभावकारी सेवा प्रदान गर्न यातायात ब्यबसायी प्राली प्रतिबद्ध रहेको बताए।
प्रालिको कार्यालय जुम्रीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष श्रेष्ठले दशै तिहारको समयमा काठमाडौं उपत्यका लगायत विभिन्न जिल्ला बाट गृह जिल्लामा आउने तथा जाने यात्रुलाई सहज र सरल यात्रा गराउन समिती प्रतिबद्ध रहेको जनाएका हुन् ।
प्रालिले तय गरेको योजना बारे प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले अनलाइन बुकिङलाई बिस्तार गरेको बताए । सबै यात्रुलाई हामीले घर आउने जाने व्यवस्था मिलाउँछाैं ढुक्क हुनुहोस्।दसैं तिहारमा ‘घर जाने गाडी नपाएर कोही पनि  दुखित हुनु पर्दैन’।
श्रेष्ठले भने, ‘चाडको बेला यात्रुको समस्या महत्वपूर्ण हुने र चाडका समय यात्रुको आवतजावत धेरै हुन्छ । यस्तोबेला यातायात ब्यबसायीले आफ्नो सेवालाई प्रभावकारी बनाउनुपर्छ, कुनै पनि असहज घटना हुन दिनुहुँदैन।’यात्रुलाई जतिसक्दो सहज सरल र यात्रुमैत्री सेवा प्रदान गर्न सम्पुर्ण ब्यबसायी तथा कर्मचारी लाई आग्रह समेत गरेका छन्।

यात्रुको समस्या र मागलाई मध्यनजर गर्दै अनलाइन टिकट बुकुङ्गि बाट छुट्नुभएकालाई अतिरिक्त  सबारी साधनको ब्यबस्था 

यसैबीच स्वर्गद्वारी यातायात ब्यबसायी समितिले दशैं तिहारको समयमा यात्रुको सहजताका लागि यात्रु अतिरिक्त सबारी साधनको ब्यबस्था गर्ने भएको छ।
जस अन्तर्गत चाडबाड का लागि गृह जिल्ला भित्रिने यात्रुलाई साबिकको भाडादरमा थप २० प्रतिशत थप गरि गन्तब्य सम्म पुर्याउने ब्यबस्था मिलाईएको छ।
यात्रुको माग अनुसार अतिरिक्त गाडी जिल्ला बाट काठमाडौ पुग्न करिब ७० देखि ८० हजार सम्म खर्च आउने हुँदा जाने खर्चमा यात्रु बाट २० प्रतिशत मात्र भाडा दर अतिरिक्त शुल्क लिनुपर्ने बाध्यता रहेको समेत प्रालिले जानकारी दिएको छ।प्रालिका अनुसार बाग्दुला देखि काठमाडौ सम्मको एसि बसमा लाग्ने भाडा दर १ हजार  ९ सय ५० र डिलक्स भाडा दर १ हजार ६ सय ५० रहेको छ।गत माघ महिना देखि स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि.ले यात्रुहरुको सहजताका लागि अनलाइन टिकट बुकिङ्ग एपको बिकास गरि सेवा प्रदान गर्दै आइरहेको छ। जस अनुसार आज मात्र ३ वडा एसि तथा डिलक्स बसका लागि ७ सय ५० जना यात्रुबाट टिकट बुकिङ्ग भइसके को प्रा लि ले  जनाएको छ ।

स्वर्गद्वारी यातायात एप डाउनलोड गरि अनलाइनबाट यसरी काट्न सकिन्छ बस टिकट 

१. यसका लागि हामीले ई-सेवाको एप खोल्नुपर्छ। सम्बन्धित बैंकको केवाइसी विवरण भरिसकेको र खातामा पैसा भएकाहरूले सिधै इ-सेवामा देखिने बस टिकट भन्ने सेवा रोज्न सक्नुहुन्छ। 

२. बस टिकट सेवाभित्र हामीले कुन ठाउँबाट गाडी चढ्ने र कहाँ पुग्ने भनेर भर्नुपर्छ। कहिलेका लागि टिकट चाहिएको भनेर मिति पनि भर्नुपर्छ। उदाहरणका लागि हामीले असोज १३ गतेको लागि प्युठान देखि काठमाडौ जाने बस खोज्यौं।

३. सर्च बस अप्सनमा क्लिक गरेपछि सो दिनलाई कुन-कुन बस उपलब्ध छ भनेर सूची देखिन्छ। बसको सुविधा र भाडा दर हेरेर गाडी छनोट गरेपछि सिट छान्न सोही बसको नाममा क्लिक गर्नुहोस्। 

४. यस भित्र रातो रङको सिटले बुक भइसकेको र सेतो रङ भएको सिटले खाली सिट रहेको संकेत गर्छ। आफूलाई मनपरेको सिट छानेर बुक नाउ अप्सनमा थिच्नुहोस्। 
५. अब आफ्नो नाम,फोन नम्बर, इमेल र कुन ठाँउबाट गाडी चढ्दा नजिकै हुन्छ भन्ने सामान्य विवरण भरी कन्टिन्यू बुकिङ (continue booking) गर्नुहोस्।

६. अन्तिममा टिकट कन्फर्म गर्न आफ्नो ई-सेवाको एमपीन (MPIN) थिच्नुहोस्। 

टिकट बुक भइसकेपछि तपाईंलाई इमेल र फोनमा डिजिटल टिकटको प्रतिलिपि आउँछ जुन तपाईंले यात्रा गर्दा बस सञ्चालकलाई देखाउनुपर्ने हुन्छ।