राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ।जिल्ला खोप समन्वय समिति प्यूठानको आयोजनामा मङ्गलबार एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा गरिएको हो।
जिल्लाका नौ वटा स्थानीय तहका ६४ वडामा रहेका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले बताउनुभयो।
जिल्लाका जन्मेदेखि ५ बर्ष मुनिका ४ हजार १ सय भन्दा बढी बालबालिकाहरुले पूर्ण रुपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले जिल्लाका केही स्थानीय तह भौगोलिक रुपमा बिकट भएपनी विभिन्न कठीनाईको बावजुत स्वास्थ्यकर्मीले उल्लेखनीय काम गर्नुका साथै सम्झिन लाएक रहेको बताउनुभयो।खोपलाई निरन्तताका साथ काम गर्नुपर्ने बताउँदै खानाले,अबको प्रदेश सरकारले प्युठान जिल्लाका समस्या समाधानमा लागि पर्ने बताउनुभयो ।
बाल मृत्युदर कम गर्नका लागि २०६७ सालदेखि नेपाल सरकारले सुरु गरेको पूर्ण खोपको अवधारणा अनुरुप जन्मदेखि २३ महिना सम्मका बालबालिकालाई नियमति खोप लगाउन थालिएको भएता पनि जिल्लामा बाल मृत्युदरमा पनि निकै कमी आएको घोषित कार्यक्रममा उपस्थित सरोकार निकायले बताएका थिए।
जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धर्मबहादुर जि.सीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख,उपप्रमुख, सरकारी कार्यालयका प्रमुख प्रतिनिधि,राजनीतिक दल, संघसस्था, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।
यसैबीच कार्यक्रममा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि सहयोग पुर्याउने विभिन्न व्यक्तिलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्