राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबै भन्दा बढी जीपीए प्राप्त गरी आरध्या पण्डितले जिल्ला टप गरेकि छिन्।
प्युठान नगरपालिका ७ पुण्यखोला स्थायी घर भएकी आरध्या पण्डितले एसईई परिक्षामा३.८५ जिपिए ल्याएर सबैलाई पछि पार्न सफल भएकी छिन्। प्युठानको प्युठान भ्याली एकेडेमी बाट एसईई दिएकी पण्डितले ३.८५ जिपिए ल्याएकी हुन्।उनले ल्याएको३.८५ जिपिए सस्थागत विद्यालय तर्फ जिल्लाकै पहिलो रहेको दाबी गरिएको छ।
उनी कक्षा १ देखि प्युठान भ्याली एकेडेमी बाग्दुलामा अध्ययनरत थिइन्।बिध्यालयका पृन्सिपल गिर बहादुर भण्डारीले बिध्यालयमा अध्ययनरत छात्रा आरध्याले ३.८५ जिपिए ल्याएर सस्थागत विद्यालय तर्फ जिल्लाकै पहिलो भएको दाबी गरे।जिल्ला शिक्षा समन्व इकाईले जिल्ला मै उत्कृष्ट अंक ल्याएर सस्थागत विद्यालय तर्फ पहिलो भएको जानकारी आफुलाई दिएको भण्डारीको भनाई छ।
विगत केहि बर्ष देखि जिपिए प्रणालीबाट एसईईको नतिजा सार्वजनिक हुँदै आएको छ।यस्तै,यस वर्षको एसईई परीक्षामा सामुदायिक बिध्यालय अन्तर्गत प्युठान नगरपालिका ८ बाग्दुलामा रहेको जनता मा बि का बिध्यार्थी आदर्श खड्का सबै भन्दा बढी जिपीए ल्याउने बिधार्थी बनेका छन्।उनले ४ मा ३.७५ जिपीए ल्याएको बिध्यालयले जनाएको छ। बिध्यालयले आदर्श खड्का सामुदायिक बिध्यालयमा जिल्लाकै सबै भन्दा बढी अंक ल्याउने विद्यार्थी भएको समेत दाबी गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्