सीता बि.क
प्युठान,बर्खा सुरु भएसँगै प्युठान नगरपालिका वडा नम्बर ८ बाग्दुला जिल्लाकै मुख्य ब्यापारीक केन्द्र हिलाम्मे हुन्छ ।ठाउँठाउँमा परेका खाडलले यात्रुलाई सास्ती दिलाउँछ ।स्थानीयले सडक निर्माणका लागि स्थानीयवासी र बजार क्षेत्रका व्यवसायीले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको धेरै भयो ।तर,सडक अझै उस्तै छ ।आजित भएका उनीहरूले बुधबार सडकमै धान रोपेर विरोध जनाए ।बाग्दुलाको तल्लो बजार क्षेत्र सडक अन्तर्गत बाग्दुला बाहाने सडक खण्डमा ब्यबसाय गर्दै आएका व्यवसायीले सडकमै रोपाइँ गरेका हुन्।
५ करोड ४१ लाख रुपैयाँमा हाम्रो निर्माण सेवा सुर्खेतले ३.३०० मिटर कालोपत्रे गर्ने जिम्मा लिए पनि सडकमा असार मसान्त सम्म पनि निर्माण हुन नसक्दा सास्ती भोग्दै आएकाले विरोधस्वरूप धान रोपेको ब्यबसायी प्यार अलि खानले बताए।
निर्माणधिन सडक ठेकेदारले अहिले सम्म २० प्रतिशत पनि काम सम्पन्न नभएको र पानी परेपछि सडक हिलाम्मे हुने र पैदल हिड्न समेत असहज भएपछि स्थानीयहरुले हिलाम्मे सडकमा धान रोपेर विरोध जनाएको उहाँको भनाई छ।

प्रतिक्रिया राख्नुहोस्