राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ९ र १० को मरन्ठाना सदरमुकामबाट नजिक रहेको ग्रामीण क्षेत्र हो।सदरमुकामबाट नजिक रहेको हिसाबले हेर्ने हो भने त्यहाँ धेरै पूर्वाधार निर्माण भइसक्नु पर्ने हो तर सडककै अबस्था सुधार नहुदा स्थानीयबासीहरुले समस्या भोग्नु परेको छ,तर पनि निर्माणकार्यमा भने कसैको चासो छैन।
बिगत देखि नै उक्त सडक खहरे खोला जस्तै देखिन्छ।हिउँदमा धुलो र बर्षामा हिलोले सडकमा सवारीसाधन गुडाउनै नसकिने भएकोले पैदलयात्रीलाई अहिले हिलाम्मे हुँदै हिड्नुपर्ने बाध्यता रहेको छ।
सडकको हिलोले सवारी साधनमा यात्रा गर्नेलाई मात्र नभइ पैदलयात्रीलाई गाडी आएको देखेपछि सडक छाडेर भाग्नुपर्ने अवस्था रहेको छ।सर्वसाधारणलाई हिलाम्मे सडकमा जोगिएर हिड्न मुस्किल छ।
मापदण्डबिना खनेका सडकमा नालाको व्यवस्था नहुँदा र वर्षाका कारण सडकमा पहिरो जाँदा स्थानीयले सास्ति बेहोर्नु परेको जानकारहरु बताउँछन।
बुढादेबी बजार जोखिममा
मङ्गलबार देखि परेको अबिरल बर्षाका कारण प्युठान नगरपालिका वडा नम्बर ९ र १० स्थित बुढादेबी बजारमा ढल निकासको उचित व्यवस्था नहुँदा बजारै जोखिममा परेको छ । ढल नहुँदा भल पस्न थालेपछि सडक आसपासका क्षेत्रका घरहरू पनि जोखिममा पर्न थालेका हुन् ।
बुढादेबी बजार क्षेत्रमा ढल निकास नभएपछि आसपासका घरमा भल पस्ने समस्या बढ्दै गएको हो । गत वर्ष बजार क्षेत्रको सडकको स्तरोन्नति गरिए पनि भुसबाङ्ग खोलामा पुलको निर्माण नहुदा स्थानीयले यसरी सास्ती भोगिरहेका छन् । स्थानीयले घरको ढोका अगाडि विभिन्न काठका मुडाको बार लगाई बाढीले बगाएको लेदो छेक्ने गरेका छन् ।
होम पाइप बुझिएर घर माथिबाट बगेर आएको पानीले दुःख दिन थालेको स्थानीय लक्ष्मी सुनारले बताइन्।उनका अनुसार घरभित्र बाढिको लेदो पस्न थालेपछि कतिबेला घरभित्र नै पस्ने चिन्ताले सताउछ।
वर्षा सुरु भएपछि स्थानीयलाई कसरी पानीको निकास गर्ने भन्ने पिरलो भएको छ।घरभित्र पानी पस्ने त्रासले स्थानीय बासिन्दा राति अबेरसम्म जाग्राम बस्न थालेका छन्।
ढल नहुँदा आधा दर्जन घर बाढीको जोखिममा छन्। ढलको समस्याले आफ्नो घर खतरामा परेको स्थानीय गिता सुनारले गुनासो गरिन।
खोलो साघुरो छ,होम पाइपको सट्टा पुल नै बनाउनु पर्ने हो, होम पाइप बुझिएर स्थानीयले सास्ती भोग्नुपरेको स्थानीय नर बहादुर बिष्टले बताए।उनका अनुसार वर्षाले बजार क्षेत्र हिलाम्मे बनेपछि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । हिलाम्मे सडकले स्थानीयलाई सास्ती भएको उनको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्