राम बहादुर बिश्वकर्मा
प्युठान,सुचना तथा सन्चार प्रविधी मन्त्री रेखा शर्माले आम सन्चार नीतिलाई अन्तिम रुप दिने तयारी भइरहेको बताउनु भएको छ।
बिगतमा बनेका सन्चार निति अहिलेको आबश्यकता र महत्त्व बिपरित छ मन्त्री शर्माले भन्नुभयो-"अबको सन्चार निति समय अनुकुल हुनुपर्छ।"
पत्रकार महासंघ प्युठानले जुम्रीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले समावेसी समानुपातिक सिदान्तमा आधारित नयाँ संविधानमा जारी भइसकेको अवस्थामा संविधान कार्यवन्यन सहित सन्चार नीतिलाई समावेसी बनाई ब्यवहारमा लागु गर्ने ठिक बेला आएको बताउनु भयो।उहाँले नक्कली भुटानी शरणार्थि,ललिता निवास,सुन काण्ड प्रकरणको दोषीलाई कारवाही गरेपछि सरकारप्रति जनताको आशा बढेको जिकिर गर्दै उहाँले भन्नुभयो",‘उच्च पदस्थ र देशको एउटा वर्ग कानूनभन्दामाथि हुन्छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको छ। यस्ता काण्डको सफल अनुसन्धानसँगै लोकतन्त्रको सर्भिसिङ सुरु भएकोले हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान भ्रम अन्त्य भएको उहाँको भनाई छ।
साथै जिल्लाको समग्र बिकासमा आफू दृढ भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्दै आफू केही दिन जिल्लाका सबै स्थानीय तह सरोकारवाला निकाय सङ्ग भेटघाट गर्ने समेत जानकारी दिनुभयो।
महासंघका अध्यक्ष सन्जय रिजालको अध्यक्षता, सचीव प्रकाश बैद्द बाट सन्चालन भएको कार्यक्रममा जिल्लाका सन्चारकर्मीको उपस्थिति रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्