जन्मदिनको अवसरमा पोख्रेलले गरे उदाहरणीय कार्य,अस्पतालमा वाटर डिस्पेन्चर सहयोग

जन्मदिनको अवसरमा पोख्रेलले गरे उदाहरणीय कार्य,अस्पतालमा वाटर डिस्पेन्चर सहयोग

राम बहादुर बिश्वकर्मा 
प्युठान,जन्मदिन सबैलाई थाहा छ,हामि जन्मदिन बर्षमा एक दिन मनाउँछौ।त्यो पनि साथीभाई संग रमाइलो गरेर या त कतिपयले घुमघाम मै बिताउँछौ तर सामाजिक कार्य गर्ने लायन्स क्लब अफ भित्रीकोट प्युठानका सचिवले आफ्नो जन्मदिन अस्पतालमा  मनाएका छन्।जिल्लाका युवा ब्यबसायी समेत रहेका राम प्रसाद पोख्रेलले आफ्नो जन्मदिन अस्पतालमा मनाएका हुन्।एक कार्यक्रमको आयोजना गरि पोख्रेलले जिल्ला अस्पताल बिजुवारमा वाटर डिस्पेन्सर प्रदान गरेर जन्मदिन मनाएको हो।उनको यो कार्य देखे पछि पछिल्लो पुस्ताका युवाहरुले उहाँलाई बधाई दिने ओहिरो लागेको छ।सधैं गम्भिर देखिने पोख्रेलको मन कमलो छ,गरिब निमुखाका निम्ति केहि गरौं भन्ने सोंच उहाँको सानै देखिको हो। जन्मदिन भन्नु वित्तिकै सबैको लागी सोर्णिम अवसर भएकोले आफ्नो जन्मदिनमा समाजिक कार्य गर्दै त्यो सोर्णिम क्षणलाई स्मरण गरिएको पोख्रेलले बताउनुभयो । जन्मदिनलाई उत्सवको रुपमा मनाइने यौटा पाटो छँदैछ,जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा समाज मा केही फरक तरिकाले मनाउन खोजेको उनले जानकारी दिए।
‘जन्मदिनको अवसरमा केही न केही नयाँ तरिकाले मनाउने अठोट गरेको छु।’उनले भने,‘हामी जन्मिनुको अर्थ समाजका लागि हो । त्यसैले मैले अरु ठाउँमा जन्मदिन मनाउनुभन्दा अस्पतालमामा मनाउन उचित लाग्यो र उक्त अबसरमा अस्पताललाई एक थान डेस्पेन्सर मेसिन प्रदान गरेको छु जुन सहयोगले अस्पतालमा उपचाररत बिरामीलाई तातो चिसो पानी पिउन सहज हुनेछ जन्मदिन मनाउन सबैलाई यसरी नै मनाउन आग्रह गर्दछु।’
यो अवसरमा प्युठान अस्पताल बिकास समितिका अध्यक्ष बिजय बिराज बिष्ट,विभिन्न सामाजिक अभियानता लगायतको उपस्थिति रहेको थियो । सोहि अवसरमा अस्पताल बिकास समितिका अध्यक्ष बिजय बिराज बिष्टले कमै मात्रामा यस्तो सामाजिक र परोपकार क्षेत्रमा जोडिनु हुन्छ तर साच्चै विषेश किसिमले जोडिनु हुन्छ । बिष्टले भने जन्मदिनको अवसर पारी यस्तो परोपकारी कार्यमा आज पोख्रेल ज्यु जोडिनु भएकोले हामि वहाँको यो सहयोग प्रती सदा कृतज्ञता व्यक्त गर्दछौँ ।
जन्मदिन उत्सव हो मनाउनु पर्दछ,तर जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नु हुँदैन,जन्मदिनलाई परोपकारी कार्य र सामाजिक कार्यलाई जोड्न सकियो भने त्यो भन्दा ठूलो महान कार्य अरु हुन सक्दैन भन्ने मान्यताको बिकास बिस्तारै हुँदै गईरहेको अध्यक्ष बिष्टको भनाई छ।