प्यूठान,जिल्ला को माण्डवी-३,जसपुरमा नेपाल टेलिकमले उच्च क्षमताको ब्रोडव्यान्ड ‘फाइबर टु दी होम’ (एफटिटिएच) तथा ल्यान्ड्लाइन सेवा शुरु गरेको छ।
आईतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सेवाको उद्घाटन गर्नुभयो।सेवा उद्घाटन गर्दै मन्त्री शर्माले नेपाल टेलिकमले आफ्नो सेवामा गुणस्तरीयता कायम गर्न सक्नुपर्ने बताउनुभयो।टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन उहाले आग्रह गर्नुभयो। मन्त्री शर्माले सरकारले जनताको सेवा प्रवाहलाई सहज बनाउने नीतिलाई प्राथमिकतामा राखेकाले टेलिकमको सेवा प्रवाह पनि सहज हुनुपर्ने बताउनुभयो।
टेलिकमको सेवा सुधार र पूर्वाधार निर्माणमा सरकारका तर्फबाट आफुले पहल गर्ने बताउँदै मन्त्री शर्माले एफटिटिएच क्षमतालाई आधार मानेर यो बर्ष ३ लाख सेवा थप गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो।
कार्यक्रमको अबसरमा बोल्दै माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले संचार सेवा जनताको अधिकार भएको बताउदै टेलिकमको सेवा नपुगेका स्थानहरुमा सेवा सुचारु गर्न र सेवा प्रभावाकरी बनाउन मन्त्री शर्मा र टेलिकमका कर्मचारीहरुसंग आग्रह गर्नुभयो।
कार्यक्रममा वायरलेस सेबा निर्देशक मिनु प्रधान,व्याकवोन प्रसारण निर्देशक विनिता श्रेष्ठ,जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो । नेपाल टेलिकमका प्रबन्धक शिव खनालले सन्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता नेपाल टेलिकम लुम्बिनी प्रदेश निर्देशक शैलेस वहादुर अमात्यले गर्नु भएको थियो ।
यसअघि प्यूठानको खलंगा,बिजुवार र भिङ्ग्रीमा एफटिटिएच सेवा बिस्तार भईसकेको दुरसंचार कार्यालय प्यूठानले जानकारी दिएको हो।
प्रतिक्रिया राख्नुहोस्