राम बहादुर बिश्वकर्मा
प्युठान,विद्यालय व्यवस्थापन समितिको अध्यक्ष यज्ञवीर पाण्डे चयन भएका छन् ।
प्युठान नगरपालिका वडा नम्बर ८ स्थीत जनता माध्यमिक विद्यालय बाग्दुलामा सोमवार भएको अभिभावकहरुको भेलाबाट पाण्डे सर्वसहमत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन ।भेलाले व्यवस्थापन समितिको सदस्यमा माधवा गिरी,रेखा शर्मा,नम बहादुर बि.क,अमर प्रसाद भण्डारी,मधुसूदन पण्डित,शिवराज गिरी,लक्ष्मी सुनार गरेको छ ।
समितिका पदेन सदस्यका रुपमा सोही वडाका वडा अध्यक्ष पदम थापा,शिक्षक प्रतिनिधिका रुपमा श्यमाचन्द्र गिरी शिक्षक(प्रतिनिधि)र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक इन्द्रमणी पोख्रेल रहेका छन् ।
तस्बिर : अध्यक्ष यज्ञवीर पाण्डेको नेतृत्वमा गठित जनता माध्यामिक विध्यालय बाग्दुलाको विध्यालय ब्यबस्थापन समितिको टिम
त्यस्तै भेलाले अमर प्रसाद भण्डारीको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको छ। जसको सदस्य सचिबमा बिध्यालयका प्र अ इन्द्रमणि पोख्रेल सदस्यहरुमा मीन बहादुर राउत,पार्बता के सि,कमला नेपाली,तृसना बि.क,रुमा पुलामी,कमला भुसाल,प्रमिला राना,रिमा एमसी चयन भएका छन।कक्षा १ देखि १२ सम्म पढाई संचालन हुने उक्त विद्यालयमा १ हजार ५ सय सय ५० जना विद्यार्थीहरु अध्ययनरत रहेको बिध्यायले जनाएको छ।
नव निर्बाचित अध्यक्ष यज्ञवीर पाण्डेले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक सुधार देखि भौतिक निर्माण सँगै विद्यालय प्रशासन नीति नियम आचारसंहिता परिवर्तनका लागि विभिन्न निकाय मार्फत जानकारी लिइ योजनाबद्ध परिवर्तन गर्ने बताउँदै सबै तह बाट साथ र सहयोगका लागि आशा गरेको बताए ।
आफ्नो प्रतिबद्धता मन्तब्य व्यक्त गर्दै पाण्डेले सामुदायिक विद्यालयको अवस्था खस्किनुमा एकले अर्कोलाई दोष लगाएर आफू राम्रो देखिने प्रवृत्ति गलत भएको बताए।
अभिभावकहरु शिक्षकले पढाएनन् भन्ने,शिक्षक विद्यार्थीले पढेनन् भन्ने, विद्यालयबाट भाग्यो,गृहकार्य गर्दैन जस्ता कुरा गर्ने,विद्यालय व्यवस्थापन समितिले अभिभावक,शिक्षक तथा विद्यार्थीलाई तालमेल गराउन नसक्नुले सामुदायिक बिध्यालयको गुणस्तर कमजोर भएको छ अध्यक्ष पाण्डेले भने -"राज्यको शिक्षा देश निर्माणको जग भएको हुनाले सामुदायिक शिक्षा प्रणालीमै आमूल परिवर्तनमा सर्बाङिगिण पक्षको ध्यान जान जरुरी छ।"
उनका अनुसार शिक्षकलाई जवाफदेहिता, जिम्मेवारी र कर्तव्यबोध गराउन गराउन उत्तिकै आबश्यक छ,विद्यालयमा आफ्ना बालबालिकालाई पठाइदिँदा मात्र आफ्नो दायित्व पूरा हुन्छ भन्ने महसुस गर्नुहुँदैन। आफ्ना बालबालिकाका लागि उपयुक्त शिक्षण सिकाइ भयो या भएन?विद्यार्थीको सिकाइ उपलब्धि,समस्या तथा समाधानबारे विद्यालय प्रशासन र शिक्षकसँग छलफल भयो कि भएन ? यी सामान्यजस्ता लाग्ने विषयमा मात्र अभिभावक, विद्यार्थी र शिक्षकले ध्यान दिने हो भने सामुदायिक विद्यालयको गुणस्तर सुधार्न त्यति कठिन छैन।
प्रतिक्रिया राख्नुहोस्