राम बहादुर बिश्वकर्मा
प्युठान,नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लि जुम्री ले किसानलाई भैसी वितरण गरेको छ । दुग्ध उत्पादन मार्फत किसानको आय आर्जन तर्फ जोड्ने उद्देश्यले आफ्ना सेयर सदस्यलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको मुर्रा भैसी वितरण गरेको हो।
ग्रामीण उद्यम तथा आर्थिक बिकास आयोजना बुटवल बाट ६८ लाख र सहकारीमा आबद्ध सदस्यहरु बाट ६८ लाख गरि जम्मा एक करोड छत्तिस लाख रुपैयाँ लगानीमा उन्नत जातको मुर्रा भैंसी बितरण गरिएको बताइएको छ ।
सहकारी सस्थामा आबद्ध रहेका किसानहरुलाई स्वरोजगार बनाउने,दुध उत्पादनलाई वृद्धि गर्ने र मासुजन्य वस्तुको उत्पादन गरी बजारको मागलाई परिपुर्ति गर्ने उद्देश्यले पहिलो चरणमा १० जना किसानलाई उन्नत जातको भैसि वितरण गरीएको सस्थाका अध्यक्ष बिष्णु पाण्डेले जानकारी दिए।
“परम्परागतरुपमा भैंसीपालन गर्दा फाइदा नहुने भएकाले व्यावसायिकतामा जोड दिँदै कृषकको आर्थिकस्तर सुधार्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु”,उनले भने, “पशुपालनमा व्यावसायिकता हुँदै गर्दा दूधमा आत्मनिर्भर हुने र कृषकमा थप व्यवसायिकतातर्फ ऊर्जा तथा उत्प्रेरणा मिल्ने छ।
बढ्दो सहरीकरण,फेरिएका गाउँबस्ती,चरिचरणको अभाव तथा फेरिँदो जीवनशैलीका कारण पछिल्लो समय भैँसीपालन पेसा सङ्कटमा पर्दै आएकाले कृषिकको उत्साहका लागि समेत उक्त कार्यक्रम नितान्त फरक रहेको सहकारी सस्थाका एक सदस्य जीवन खनालले बताए ।
वितरण गरीएका भैसीहरुको विमा प्युठान नगरपालिकाले गरिदिने र दोस्रो चरणका भैसी वितरण गरीसकेपछि किसानहरुलाई गोठ व्यावस्थापन कसरी गर्ने,भैसी कसरी पाल्ने,घाँसको व्यवस्था घाँसको व्यवस्था कसरी गर्ने भन्ने विषयमा तालिमको समेत आयोजन गर्ने सस्थाका सदस्य खनालको भनाई छ।
अव ३२ किसानको लागि दोस्रो चरणमा ३२ वटा भैसी र एक रागा वितरण गर्न बाँकी रहेको छ। भैसी पाए पछि किसान निकै खुसी देखिएका छन् ।
यसरी वितरण गरीएका भैसी ५ वर्ष सम्म विक्री गर्न पाउने छैनन् । किसानहरुलाई एक औपचारीक कार्यक्रमको आयोजना गरी भैसी वितरण गरीएको थियो ।
प्रतिक्रिया राख्नुहोस्