न्याय निरुपणमा प्युठान नगरपालिका न्यायिक समिति उत्कृष्ट : नगर प्रमुख योगि 

न्याय निरुपणमा प्युठान नगरपालिका न्यायिक समिति उत्कृष्ट : नगर प्रमुख योगि 

सिता बि.क
प्युठान,प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले न्याय निरुपणका हिसावले नगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको बताउनुभएको छ।प्युठान नगरपालिकाको आयोजनामा बुधबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै योगिले भन्नुभयो,‘न्याय सम्पादन निरुपण गर्न दिएको काममा राम्रो कार्यसम्पादन गरेको स्थानीय तहका रुपमा स्थापित भएको छ।नगरमा आउने क्षेत्राधिकारभित्रका विवाद र समस्यालाई न्यायिक समितिले निरुपण गरेका हकमा यहाँको न्यायिक समिति उत्कृष्ट ठहरिएको छ।’
प्युठान नगरपालिकाका नगर उप- प्रमुख एवं न्यायिक समितिका संयोजक देवेन्द्र बर्माले विवाद समाधानको उपयुक्त उपाय भएको बताउनुभयो।


मेलमिलाप बाट टुङ्गिए ६१ वटा विवाद 

प्युठान नगरको न्यायिक समितिमा गत आर्थिक वर्ष २०८१/०८२ मा ६२ वटा मुद्दा दर्ता भएका छन्। दर्ता मुद्दामध्ये हालसम्म ६१ वटा विवाद मेलमिलाप बाट टुङ्गिएका छन। 
न्यायिक समितिबाट फैसला भएका कतिपय मुद्दा चित्त नबुझेको खण्डमा पुनरावेदनका लागि अदालतसम्म पुग्दछन् । 
न्यायिक समितिले कुनै पनि पार्टी, नातागोता नहेरी निष्पक्ष तरिकाले न्याय निरुपण गर्दै आएको उपप्रमुख वर्मा दाबी गर्नुहुन्छ।न्यायिक समितिमा रहेर काम गर्नु चुनौतीसँगै अवसर पनि रहेको उनको भनाई छ । न्यायिक समितिमा रहेर काम गर्दा आफ्नै खालका चुनौती रहेको शाह बताउनुहुन्छ।‘कहिलेकाहीँ पार्टीगत रुपमा दबाब आउँछ।तर इजलासमा बसेपछि म सबैको साझा हूँ भन्ने भावानाले जहिले पनि निष्पक्ष रुपमा न्याय दिनुपर्छ भन्ने लाग्छ ।’
न्यायिक समितिमा काम गर्दा स्रोतसाधन र कर्मचारी भने पर्याप्त नभएको उपप्रमुख वर्मा बताउनुहुन्छ।‘इजलासको भौतिक संरचना पनि पर्याप्त छैन।मुद्दाको प्रकृति हेरेर कहिले फिल्डमै पनि जानुपर्छ।त्यस्तो अवस्थामा कर्मचारी थप आवश्यक छ’ उहाँले बताउनुभयो।
स्थानीय न्यायिक समिति सम्बन्धी ऐन,कानुन र कार्यविधि प्रदेश र संघको कार्यविधिसँग बाझिँदा कहिलेकाहीँ कानुनी रुपमा अड्चनहरु आउने चुनौती छ्न उहाँले भन्नुभयो-" स्थानीय तहबाट न्याय प्रदान गर्ने व्यवस्था हुँदा पीडितलाई कम खर्च,छोटो समयमै फैसला,अदालतसम्म पुग्न नसक्ने अवस्थामा न्यायका लागि सहज भएको वर्माबताउनुहुन्छ।