प्यूठानमा शनिवार बिद्युत आपुर्ती बन्द हुने 

प्यूठान,प्यूठानमा भोली बिद्युत आपुर्ती बन्द हुने भएको छ । बुटवल पावर कम्पनी लिमिटेड भिमरुक जलबिद्युत आयोजनाले आज एक सुचना जारीगर्दै झिमरुक जलबिद्युत केन्द्रको पावरहाउसमा मर्मत गर्नुपर्ने भएकाले बिद्युत आपुर्ती बन्दहुने जनाएको हो।३३ के.भि कन्टोलरुममा मर्मतको काम हुने भएकाले प्यूठान सहित, रोल्पा, अर्घाखाचीका केहि क्षेत्रमा बिद्युत आपुर्ती बन्दहुने जनाएको छ । बिहान ११ बजेदेखी दिउसो ३ बजेसम्म बिद्युत सेवा बन्दहुने आयोजनाले जनाएको छ ।