सीता बि.क
प्युठान,स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रम (एलआईएसपी) मा सरुमारानी गाउँपालिका छानिएका छ।
सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिहंदरवार काठमाडौंले कर्णाली र लुम्बिनी प्रदेसका स्थानीय तहहरूका लागि मिति २०८१ फागुन १५ मा आसयपत्रकाे सुचना आव्हान गरे बमोजिम स्थानीय तहहरुको आशयपत्रको मूल्याङ्कन गर्दा उच्चतम अङ्क प्राप्त गर्दै प्युठानकाे ९ वटा स्थानीय तहहरू मध्ये सरूमारानी गाउँपालिकामा एलआईएसपी कार्यक्रम संचालनका लागि छनौट भएको सरुमारानी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता चिन्त सोमै मगरले जानकारी दिनुभयो।उहाँका अनुसार बेलायत सरकारको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहयोगमा उक्त कार्यक्रम सञ्चालन हुनेछ। उक्त कार्यक्रम मार्फत ग्रामीण सडक,खानेपानी तथा सरसफाइ ,साना सिचाइ ,शहरी विकास,वैकल्पिक उर्जा ,सामाजिक पुर्बाधार,फाहाेरमैला व्यवस्थापन र सडक पुल तथा झाेलुङे पुल निर्माणमा काम गर्न सकिने छ।
कार्यक्रम छनोटका लागि विभिन्न सुचक राखिएको हुन्छ उक्त सुचक मार्फत उत्कृष्ट अंक ल्याउने पालिका कार्यक्रमका लागि छनोट हुदै आइरहेको बताइएको छ।
प्रतिक्रिया राख्नुहोस्