बाल बिध्या माबीको अध्यक्षमा पुनः नेहरसिह के.सि

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ९ स्थित बाल बिध्या माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पुनः नेहर सिह के सि चएन हुनुभएको छ।
शुक्रबार सम्पन्न अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समितिको पुनः गठन कार्यक्रम बाट के सि लाई सर्वसम्मत पुनः अध्यक्षमा चयन गरेको हो।

तस्बिर :बिध्यालय ब्यबस्थापन समिती तथा शिक्षक अभिभावक संघ गठन पश्चात् सामुहिक तस्बिर 

विद्यालय रहेको क्षेत्रको वडा अध्यक्ष वा सदस्य विद्यालय व्यवस्थापन समितिमा रहने प्रावधान अनुरुप प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष  बिकास के सि, मान बहादुर के सि,देवा बिष्ट,ओमि नेपाली, लिला के सि,नर बहादुर बिष्ट,भिमा गिरी, कुन्ता बि क,पदेन सदस्य तथा शिक्षक प्रतिनिधिमा रमेश गिरी र सदस्य सचिवमा केशु गिरी रहनु भएको छ ।
अध्यक्षमा निर्वाचित के.सि ले आफ्नो तेस्रो कार्यकालमा विद्यालयको भौतिक संरचनादेखि शैक्षिक अवस्थालाई अघि बढाउन पहल गर्ने बताउनुभयो। तत्कालिन समयमा विद्यालयमा पुस्तकालय,आइसिटी,भवन निमार्ण लगायतका बिषयमा निरन्तर अगाडी बढेको जानकारी गराउदै आगामी दिनमा विद्यालयको भौतिक र शैक्षिक गुणस्तर बृद्धिमा लागिपर्ने बताउनुभयो।विद्यार्थी,शिक्षक र अभिभावक विचको त्रिकोणात्मक सम्वन्धलाई सुमधुर र सुदृढ बनाउदै बाल बिध्या माध्यमिक विद्यालयलाई नमूना र उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्न क्रियाशील रहने उहाँको भनाई छ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के.सि विद्यालयको शैक्षिक सुधार गर्ने जिम्मेवारी शिक्षकमा भएको बताउनुभयो।जति बेला शिक्षकको मन विद्यालय भित्र र आफ्नो पेशाप्रति स्वतस्फूर्त रुपमा समर्पित हुन्छ तब मात्र सिकाई उपलब्धि राम्रो हुन्छ।उहाँले भन्नुभयो-" त्यसैले शिक्षकलाई सधै प्रोत्साहन दिनुपर्दछ।सोही अनुसार शिक्षक जहिलेपनी सिकाइ उपलब्धि केन्द्रित हुनुपर्दछ।"

यसैबीच नर बहादुर बिष्टको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन भएको छ।जसको सदस्यहरुमा रबिन्द्र भण्डारी,मिना सुनार,गोबिन्द गिरी,दालमाया घ म लगायत रहेका छन।


त्यस्तै कार्यक्रममा युठान नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष लोक बहादुर के सि ले सम्पूर्ण अभिभावकलाई हप्तामा एक पटक त्यति पनि नसके महिनाको एक पटक बिधालयमा उपस्थित भएर आफ्नो बाबुनानिको शैक्षिक स्थिती बुझ्न र शिक्षकलाई सल्लाह सुझाव दिन आग्रह गर्नु भएको छ। कार्यक्रममा जनप्रतिनिधि,बुद्धिजीवी,बिध्यालय ब्यबस्थापन समितीका पुर्ब अध्यक्ष पत्रकार अभिभावकहरूको उपस्थिति रहेको थियो।
प्रधानाध्यापक केशु गिरीले बिध्यालयमा भए गरेका सम्पुर्ण गतिविधिको बारेमा तयार पारिएको प्रतिबेदन प्रस्तुत गर्दै स्वागत मन्तव्य राख्नु भयो थियो भने शिक्षक अभिभावक संघका अध्यक्ष बासु के सि को अध्यक्षतामा भएको कार्यक्रमको सन्चाल रमेश गिरीले गर्नु भएको थियो ।