सीता बि.क
प्युठान,आफ्नो महत्वपूर्ण सामान हराएको एक बिध्यार्थिले बताएका छ्न।
प्युठान नगरपालिका ९ निबासी विशाल सुनार बुढादेबी देखि टिकुरी बसपार्क आउँदै गरेको रा १ घ ५३२२ नम्बरको अटो बाट समान हराएको बताएका हुन।
अध्यनका लागी रात्री बसबाट काठमाडौ जानका लागि बुढादेबी देखि अटो रिक्सा रिजर्भ गरि छोरो बसपार्क तिर जाँदै गर्दा बुढादेबी देखि टिकुरी बसपार्क बिचमा सामान हराएपछि आफू तनावमा रहेको सुनार कि आमा जिवा सुनारले पैरवी अनलाइन लाई बताइकि छन् ।
महत्त्वपूर्ण कागज पत्र,नगद १४ हजार,किताब, बलान्केट २ थान,१ किलो मह लगायतका सामग्री रहेको बाहिरतर्फ रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी नाम लेखिएको ब्यागमा उक्त सामान रहको बताउँदै जसले उक्त ब्याग भेटाएर फिर्ता गर्छ उनलाई आकर्षक पुरस्कार दिने घोषणा गरेकी छन् ।
छोरा बिशालले भनेका छन्,‘दिउँसो म काठमाडौ जानका लागि अटो मार्फत टिकुरी बसपार्क तर्फ जाँदै थिएँ।त्यहाँ पुगे लगत्तै मैले चेकइन गरे । तर,बीचमै मेरो ब्याग कहाँ खसिहालेछ।’
उनले कसैले आफ्नो ब्याग फेला पारेर सहयोग गरे निकै खुशी हुने बताए छन् । उनले अघि भनेका छन्, ‘यदि कसैले मेरो मद्दत गरेमा म निकै खुशी हुनेछु । भेटाउनुहुने जो कसैले सम्पर्क गर्नुपरेमा मेरो ब्यक्तिगत नम्बर ९८४७९७०१११ वा नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन पनि सक्नु्हुन्छ ।
बिध्यालय छुट्टी हुने समय थियो बिध्यालय बाट घर तर्फ जाने बिध्यार्थिको लर्को थियो अटो चालक केशब गिरिले भने"-बिध्यार्थिले भेटाएको हुन सक्ने अनुमान छ भोलि जनता उच्च माध्यामिक बिध्यालय का प्रध्यानाध्यापक र भ्याली इङलिस बोर्डीङका पृन्सिपल सङ्ग पुगेर बिध्यार्थी लाई सोधपुछ गर्न समेत अनुरोध गर्ने छु।"
प्रतिक्रिया राख्नुहोस्