राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्लाकै पुरानो मुक्ति माद्यामिक विद्यालय प्युठान नगरपालिका वडा नम्बर ३ को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शुन्दरा के सि चयन भएकि छिन।लामो समयदेखि बिध्यालय ब्यबस्थापन समिति बिहिन बनेको उक्त बिध्यालयमा प्युठान नगरपालिकाको शैक्षिक कार्यबिधि अनुसार बिहिवार उनलाई अध्यक्षमा सर्बसम्मत चयन गरिएको बिध्यालयले जानकारी दिएको छ।
त्यसै गरी अन्य सदस्यहरुमा कृष्ण बहादुर बिष्ट,हिमाल पौडेल,प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठ र सदस्य सचिवमा विद्यालयका प्रध्यानाध्यापक दामोदर बिष्ट रहेका छन्।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भए पछि प्रतिक्रिया दिदै उनले विद्यालयलाई भौतिक संरचनाले सम्पन्न,शैक्षिक रुपमा उत्कष्ट,जिल्लाकै सुविधा सम्पन्न शैक्षिक केन्द्रका रुपमा निर्माण गर्ने बताईन।
तस्बिर :यी हुन लामो समयसम्म बिध्यालय ब्यबस्थापन समिती बिहिन बनेको जिल्लाको पुरानो मुक्ति माबिले पाएको अध्यक्ष सुन्दरा
उनका अनुसार विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा दलीय प्रतिस्पर्धा बढ्दै गएको छ।यसको मूल कारण शैक्षिक क्षेत्र सामाजिक सत्ताका रुपमा विकसित भएको छ,’नव निर्वाचित अध्यक्ष के सि ले भनिन,‘यो सामाजिक सत्तामार्फत व्यक्तिगत र दलको राजनीतिक पहिचान स्थापित गर्न सकिन्छ।’उनले आफू भने विशुद्ध शैक्षिक सुधारका लागि मात्र व्यवस्थापन समितिको अध्यक्ष बनेको बताईन।‘मेरो राजनीतिक क्षेत्रमा आफ्नै पहिचान र प्रभाव छ,’उनले भनिन,‘नगरपालिकाको अनुरोधमा शैक्षिक सुधारका लागि मात्रै मैले व्यवस्थापन समितिको पनि नेतृत्व लिएको हुँ,अरु उद्देश्य वा लक्ष्य भने मेरो हकमा केही छैन।’उनले अभिभावक र विद्यार्थीसँगको प्रत्यक्ष सामीप्यताले थप सामाजिक ‘करियर’ पनि राम्रो हुने बताइन। ‘पार्टी राजनीतिमा चाकडी,चाप्लुसी गरेर मात्रै नेतृत्व तहमा पुग्ने प्रवृत्ति हाबी छ,’उनले भनिन,‘सबै राजनीतिकर्मी यो गलत राजनीतिक संस्कारको पक्षमा लाग्न सक्दैनन्।इमानदार व्यक्तिलाई विद्यालय जस्तो सामाजिक संस्था राजनीतिक प्रभाव बढाउने उपयुक्त थलो बन्न सक्नु नराम्रो चाहिँ होईन।’
लामो समय विद्यार्थी राजनीति संगै माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य,अखिल क्रान्तिकारीको दुई कार्यकाल अध्यक्ष,केन्द्रिय सदस्य,अन्तरपाटी महिला सन्जाल प्युठानको सचीव,प्युठान नगरपालिका अन्तर्गत उत्कृष्ट मेलमिलाप कर्ता,नगर शिक्षा समितिको सदस्य समेत रहेकि के.सि यस अघि उक्त विद्यालय शिक्षक अभिभावक संघको अध्यक्ष भएर काम समेत गरिसकेकि छिन।
उनले भनिन शिक्षक अभिभावक संघको अध्यक्ष भएर पनि थुप्रै योजनाहरु विद्यालयमा ल्याएर कार्यान्वयन गरेको र शिक्षाको गुणस्तर सुधार गर्न समेत महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै अब बिध्यालय ब्यबस्थापन समितिको आफ्नो कार्यकालमा अझै राम्रो गर्ने बताईन।
प्रतिक्रिया राख्नुहोस्