राम बहादुर बिश्वकर्मा
प्युठान,गुल्मिका एक युवाले बाटोमा भेट्टाएको नगद सहितको महत्वपूर्ण सामग्री सम्बन्धित व्यक्तिलाई नै हस्तान्तरण गर्नुभएको छ ।
प्युठान नगरपालिका ९ मरन्ठानाका बिशाल सुनारले बुढादेबि टिकुरी बसपार्क तर्फ जाने क्रममा अटोरिक्सा बाट खसेर आइतबार अपराह्न हराएको झोला फेला पार्नुभएका मदाने गाउँपालिका वडा नम्बर ५ मलागिरी का बसन्त थापा क्षेत्रीले सम्बन्धित व्यक्तिको खोजी गरी सो सामग्री हस्तान्तरण गर्नुभएको हो।
मरन्ठाना सडक खण्ड अन्तर्गत कोचेन सडकमा भेटिएको सो झोलामा रहेको रु१४ हजार नगद,किताब,बलान्केट ललगायतका सामग्रीलाई उहाँले सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनुभएको थियो ।
आइतबार बाग्दुला देखि गुल्मी जादै गरेको लु २ च ८९२९ नम्बर को पिकअफ जिप का २६ बर्षिय चालक वसन्त थापा क्षेत्रीले सडकमा झोला भेटाउनुभएको थियो । भेटिएको झोलामा नगद,महत्वपूर्ण कागजात देखेपछि सम्बन्धित व्यक्तिको खोजीमा लाग्नुभएका उहाँले कागजपत्रमा लेखिएको मोबाइल नम्बरमार्फत सम्बन्धित मान्छे पत्ता लगाउनुभएको थियो।“शुरुमा कागजपत्रमा भएको मोबाइल नम्बरमा सम्पर्क गरेँ,राती फोन उठेन बिहानै फोन सम्पर्क भयो कागजपत्र छन,निश्चय पनि बिदेश जाने ब्यक्ति हुनुपर्छ भन्ने लाग्यो केही सामान हराएको छ भनी सोधे,उहाँले झोला हराएको भनेपछि के के थियो? भनी सोध्न पुगे,उहाँले भनेका आफ्नो झोलामा रहेका सामान र भेटिएको झोलामा रहेका सामान मिलेपछि उहाँको आमा जिवा सुनारलाई हस्तान्तरण गरेको हुँ”,थापा क्षत्री ले भन्नुभयो ।
तस्बिर: मदाने गाउँपालिका वडा नम्बर ५ मलागिरी का बसन्त थापा क्षेत्रीले भेटाएको महत्वपूर्ण सामाग्री सहितको ब्याग सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गर्दै
छोराको भबिश्य बनाउन रातदिन नभनी कडा परिश्रम गरि अध्ययनका लागि रकम सहित काठमाण्डौ जानथालेको छोराको झोला हरायो भन्ने कुराले उक्त दिन निद्रा नै लागेन बिशालकी आमाले भन्नुभयो।"-एकाबिहानै छोरो बिशालले फोन गरे मम्मी झोला भेटियो एउटा दाईले फोन गर्नुभएको छ।"आफ्नो सामान हराएर पनि कसैले फेला पारेको सूचना पाएसँगै सामान बुझ्नका लागि आँखाबाट खुशिका आँशु खसाल्दै मरन्ठाना खरिबोट पुग्नुभएको थियो । आफ्नो हराएको सामग्री फेला पारी उपलब्ध गराएकोमा उहाँले सामान भेटाउने थापा क्षेत्री लाई नगद २ हजार सहित धन्यवाद ज्ञापन गर्नुभयो।हराएको सामग्री फेला पारेर आफैँले सम्बन्धित मान्छे खोजी गरी सामान फिर्ता गरेर थापा क्षेत्रीले इमान्दारिताको नमूना कार्य गरेको भन्दै मरन्ठानाबासि ले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्