राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्ला प्रहरीले नागरिकसँग दूरी घटाउन ऐरावती गाउँपालिकामा “नागरिक सुनुवाई कार्यक्रम” गरेको छ।
प्रहरीले एक औपचारिक कार्यक्रम गरी उक्त कार्यक्रम सम्पन्न गरेको हो।
जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले नागरीक सुनुवाई कार्यक्रमको औचित्यताको बारेमा प्रकाश पार्नुभएको थियो ।
समुदाय र प्रहरीसँगको सहकार्यमा शान्त र सुरक्षित समाज निर्माणमा आमनागरिक पनि त्यत्तिकै सजग हुनुपर्छ उहाँले भन्नुभयो -"समाजमा शान्ति सुरक्षाका लागि स्थानीय तह, स्थानीय व्यक्तिहरुको पनि महत्वपूर्ण भूमिका हुने र सामाजिक विकृतिलाई हटाउनका लागि प्रहरी र स्थानीयबीचको सम्बन्ध जरूरी उत्तिकै महत्त्वपूर्ण छ।"
अपराध नियन्त्रणका लागि नागरिकहरू पनि सजग र चनाखो हुनुपर्नेमा जोड दिनुभयो।उहाँले जनताको सुरक्षाका लागि प्रहरी अहोरात्र खटिरहेको र खटिरहने बताउनुभयो।
उहाँले जिल्लाको समग्र शान्ति सुरक्षा लगायत प्यूठान जिल्लामा दर्ता भएका मुद्दाहरु र ऐरावती गाउपालिकामा घटेका विभिन्न घटनाका तथ्याङ्कहरुको विश्लेषण गर्दै जिल्ला र ऐरावती गाउपालिकामा अपराध न्यूनिकरणका लागि अपनाउनु पर्ने प्रहरीको भावी योजनाको बारेमा जानकारी गराउदै प्रस्तुतिकरण गर्नु भएको थियो ।
सोही क्रममा प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायण प्रसाद अर्यालले नागरिक सार्वजनिक सुनुवाइ कार्यक्रमले प्रहरी प्रशासनको गतिविधिलाई सुदृढ गर्ने र पारदर्शिता बढाउने विश्वास जाहेर गर्नुभयो।कार्यक्रमले नागरिक र सेवा प्रदायक निकायसँगको सम्बन्ध सुधार हुँदै जानुका साथै नागरिकका गुनासाहरुको सुनुवाई हुने बताउनुभयो।उहाँले सेवा प्रदायक निकायहरुको कमिकमजोरीको बारेमा पृष्ठपोषण मिल्ने र सार्वजनिक निकायहरुले दिने सेवाहरुमा पारदर्शिता,जवाफदेहिता प्रभावकारीता र गुणस्तरमा सुधार हुने उहाँको भनाई छ।
त्यस्तै कार्यक्रममा जिल्ला न्याधिवक्ता कर्ण बहादुर बुढा क्षेत्रीले सरकारी वकिलको परिचय दिदै, सरकारी वकिलको काम कर्तव्यहरु,मुद्दाका प्रकारहरु,फौजदारी मुद्दामा आकर्षित हुने सिद्धान्तहरु,फौजदारी न्यायका सामान्य सिद्धान्तहरु लगायतका बिषयहरुमा प्रष्ट पार्नुभयो।उहाँले समाजमा घट्ने अपराधिक घटनाहरुको सूचना दिने देखी अनुसन्धानका क्रममा सहयोग गर्नुपर्ने जिम्मेवारी समग्र समाज र प्रत्येक नागरीकहरुको दायित्व रहेको बताउनुभयो ।
कार्यक्रमले प्रहरी प्रशासनको गतिविधिलाई सुदृढ गर्ने र पारदर्शिता बढाउने उहाँको विश्वास छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानको आयोजनामा भएको उक्त कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको अध्यक्षता रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्