प्यूठान,बेबारिसे अबस्थामा प्रहरीले भर्खर जन्मिएको नवजात शिशु फेला पारेको छ।प्यूठान नगरपालिकाको जुम्रीमा आज बिहान ६:३० बजे शिशु फेला पारेको हो ।
बिहान बच्चा रोएको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए । कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा बच्चा भेटाएको प्रहरीले जनाएको छ । बच्चालाई अहिले जिल्ला अस्पताल बिजुवार प्युठानमा राखिएको प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो । नबजात शिशु छोरी भएको समेत उहाँले बताउनुभयो।
बच्चा जुम्रीमा रहेको होटेल आयुष्मा नजिकैको एउटा घरको छेउमा रहेको जस्ताको छाप्रोमा राखिएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Tags :
सम्बन्धित खवर
प्रेस चौतारी प्युठानको अध्यक्षमा बासुदेव गिरी
४ वर्ष अगाडि
सैघामा महरालाई नागरिक अभिनन्दन
६ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्