राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानको नौबहिनी गाउँपालिकामा पहिलो दिन ९ जनामा देखिएको कोरोना भाइरस अहिले समुदायस्तरमै फैलिएको छ ।
सुरुमा पालिका अन्तर्गतका विभिन्न स्थानमा रहेका ब्यक्तिहरुलाई देखिएको कोरोना अहिले गाउँस्तरमै फैलिएको हो ।
गाउँपालिकाको अन्य वडामा सङ्क्रमण नदेखिएको भए पनि वडा नं ८ लुप्लुङ्गको प्रत्येक गाउँमा कोरोना सङ्क्रमित भेटिनुका साथै उच्च जोखिममा रहेको
नौबहिनी गाउँपालिका स्तरीय अस्पतालका डाक्टर मिलन भण्डारीले जानकारी दिनुभयो।
बुधबारसम्म १८ जना रहेको कोरोना सङ्क्रमितको सङ्ख्या बिहिबार २६ जनाको एन्टिजेनबाट परीक्षण गर्दा जनामा १९ जना कोरोना पोजेटिभ भेटिएको र थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या नौबहिनी गाउँपालिकामा ३७ पुगेको डाक्टर भण्डारीले बताउनुभयो ।
उनका अनुसार कोरोना देखिनेमा ८ वर्ष देखि ७८ वर्ष सम्मको उमेर समूहका, भारतवाट आएका, नेपालकै विभिन्न शहरहरू वाट आएका र गाउँ वाट कहि पनि नगएका सबै समुहमा कोरोना देखिएको छ।
कोरोना जिल्लामा समुदाय स्तरमा व्यापक फैलिसकेको भन्दै हरेक ब्यक्तिले रुघाखोकी,ज्वरो, पखला वान्ता शरिर दुख्ने मानिस ले आफुलाई कोरोना लागेको सम्झेर होम आइसोलेसनमा बस्न पर्ने र यि लक्षण देखिनेले घाममा हिडेर पानीमा भिजेर वा अन्य केहि कारणले आएका हुन् भनि वाहाना बनाई गाउँ गाउँमा डुल्ने काम नगर्न समेत उनले आग्रह गर्नुभएको छ।
सङ्क्रमित सबैको अवस्था भने सामान्य रहेको बताइएको छ ।
उत्तरी क्षेत्रमा देखिएको कोरोना प्रकोप नियन्त्रणका लागि शुक्रबार देखि नै ८ नम्बर वडा सिल्ड गरिने गाउँपालिका अध्यक्ष शिव रिजालले जानकारी दिनुभयो।
जिल्लामा दैनिक कोरोना सङ्क्रमित बढ्दै गए पनि जिल्लाका जनप्रतिनिधि र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै बजारमा आलोचना गर्न थालिएको छ ।
प्रतिक्रिया राख्नुहोस्