प्रेस चौतारी प्युठानको अध्यक्षमा बासुदेव गिरी

राम बहादुर बिश्वकर्मा
प्युठान,प्रेस चौतारी नेपाल प्युठानको अध्यक्षमा बासुदेब गिरी चयन हुनुभएको छ ।
बिहिवार भएको सातौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा-महेश थापा,उपाध्यक्ष-शिवा रेग्मी,सचिब- डिल बहादुर दसौदी,सह-सचिब- नोमराज पौडेल,सह-सचिब-शृजना सेन,कोषाध्यक्ष-बोम बहादुर परियार ,सदस्य- सीता न्यौपाने,सदस्य- हेमन्त पाठक,सदस्य-तेजेन्द्र बि.एम,सदस्य- माया घर्ती चयन भएका हुन् ।प्युठान नगरपालिका ४ जुम्री स्थित होटल आयुष्मा मा भएको अधिवेशनको उद्घाटन नेकपा (एमाले)का केन्द्रिय  स्थायी  समिति सदस्य तथा जिल्ला इन्चार्ज सुर्य थापाले गर्नुभएको  थियो ।
उहाँले वर्तमान अवस्थामा प्रेस जगतको भूमिका महत्वपूर्ण  भएकोले यसमाथि प्रेस चौतारी नेपाल सबै संगठनको मार्गनिर्देशक र सहयोगी बन्नुपर्छ,’भन्दै नव निर्बाचित टिमलाई तथ्य र सत्यमा आधारित रहेर मात्र समाचार लेख्न पत्रकारलाई आग्रह गर्नुुुभयो।उहाँले नागरिक हक स्थापना, विकास र समृद्धिका पक्षसमेत कलम चलाउन आग्रह गर्दै मिसन पत्रकारिताभन्दा व्यावसायिक पत्रकारिता गर्न पत्रकारलाई प्रेरित गर्नुभयो ।
आफ्नो रहरले मात्रै प्रेस चौतारी नेपाल प्युठानको अध्यक्ष पदमा सर्वसम्मत चयन भएको होइन । यो संस्थाको संस्थापक र सवै पूर्वअध्यक्षहरुको आग्रह अनुसार आवश्यकताका आधारमा आफु प्रेस चौतारी नेपालको अध्यक्षको भुमिकामा आएको नब निर्बाचित अध्यक्ष बासुदेब गिरीले बताउनुभयो । 
सन्चारकर्मिको अहिलेको व्यावसायिक मुद्दा भनेको श्रमजीवि सञ्चारकर्मीलाई सम्मानपुर्वक बाँच्न पाउनु हो,त्यो अवस्थामा पुर्याउन प्रेस चौतारी नेपाल सवै संघ संस्थाहरुसँग सहकार्य गर्दै सिंगो संगठनलाई एकतावद्ध गरि लक्ष प्राप्तिको लागि अबिचलित रुपमा अघि बढ्ने गिरीको भनाई छ।