सीता बि.क प्युठान,प्युठान नगरपालिको अायोजनामा गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (MEDPA) अन्तर्गत तिन महिने सिलाई कटाई तालिमको समापन भएको छ ।
आइतबार मरन्ठाना खरिबोटमा एक कार्यक्रम बिच उक्त कार्यक्रम समापन गरिएको हो।
तालिमको समापन कार्यक्रममा प्युठान नगरपालिकाका नगर उप प्रमुख शान्ता आचार्यले सिपमुलक तालिमको बिकास गरि बेरोजगारी समस्या समधान नगरेसम्म बिकासले दुर्त गति लिन नसक्ने बताउनु भएको छ ।
उहाँले मुलुकमा अब सबै खाले क्रान्ति सफल भएको बताउदै अबको बाटो भनेको अार्थिक सामाजिक र आर्थिक क्रान्ति भएको बताउदै आफु पनि केही वर्ष अघि सम्म घरकै काममा हुन्थे बाहिरी कुरा केही थाहानै हुदैन थियो अहिले बोल्न कुनै समस्या छैन त्यसैले महिलाहरु सिपको माध्यमबाट आर्थिक,समाजिकका साथै महिला अधिकारको सवालमा सक्रिय बन्नुपर्ने भन्दै तालिममा सिकेका कुराहरुलाई व्यहारमा उतार्नु आग्रह गर्नुभयो ।
तस्बिर: तालिम सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै प्युठान नगर उपप्रमुख शान्ता आचार्य
कार्यक्रममा जिल्ला समन्वय समिती प्युठानका सदस्य रेश्मा गिरी,प्युठान नगरपालिका १० का वडा अध्यक्ष पदम गिरी, गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रमका फोकल पर्सन लेख बहादुर बिष्ट लगाएतले मन्तब्य राख्दै तालिममा सिकेका कुराहरु व्यहारमा उतार्न अाग्रह गर्नु भयो ।
कार्यक्रमको सहजीकरण गर्दै उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत प्युठान नगरपालिका वडा नम्बर २,४,९ र १० नम्बरका बेरोजगारहरुलाई व्यावसायिक बन्न विभिन्न सिपमुलक तालिम,लघु उद्योगहरूलाई प्रोत्साहन जस्ता कार्यक्रमममा खर्च गर्न बजेट तोकिएको बताउनुभयो ।


प्रतिक्रिया राख्नुहोस्