घरदैलोमै स्वास्थ्य उपचार सेवा पाउँदा असक्त नागरिक दङ्ग

राम बहादुर बिश्वकर्मा
प्युठान,घरदैलोमै स्वास्थ्य उपचार सेवा पाए पछि नौबहिनी गाउँपालिकाका असक्त नागरिक नागरिक दङ्ग परेका छन् । 
शारिरीक अशक्तताका कारण स्वास्थ्य संस्थामा गएर उपचार गराउन नसक्ने असक्त नागरिकलाई लक्षित गरी नौबहिनि गाउँपालिकाले ३०औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित "COVID-19 पछिको समावेशी,पहुँचयोग्य र दिगो विश्व तर्फ अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व र सहभागिता"भन्ने अन्तर्राष्ट्रिय नाराका साथ नौबहिनी गाउँपालिकाको आयोजना तथा पालिका स्तरीय अपाङ्ग सञ्जालको समन्वयमा पूर्ण अशक्त(क वर्ग) अपाङ्गता भएका व्यक्तीहरुलाई घरदैलोमै स्वास्थ्योपचार सेवा शुरु गरेपछि उनीहरु दङ्ग परेका हुन् ।

तस्बिर:शारीरिक अशक्त भएका नागरिकको घरमै पुगेर स्वास्थ्य परिक्षण गर्दै डाक्टर मिलन भण्डारी 

 

गाउँपालिकाको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ज्येष्ठ, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई घर आँगनमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण, स्वास्थ्य सामाग्री वितरण गरिएको गाउँपालिकाका सामाजिक बिकास अधिकृत दामोदर पाण्डेले बताए।
डाक्टर मिलन भण्डारी सहितको टोलीले गाउँपालिकाका वडा नम्बर ५ का १८ जना पालिका बाट परिचय पत्र प्रदान गरिएका र २ जना थप गरी कूल २० जना लाइ सामान्य स्वास्थ्य परिक्षण गरि नि:शुल्क रूपमा स्वास्थ्य तथा सरसफाइका सामाग्री हर्लेक्स-१,चेवनपरास-१,नुहाउनेसाबुन-४,पडाधुनेसाबुन-३,टुथपेष्ट-१,नेल कटर-१ पनी प्रदान गरिएको अधिकृत पाण्डेले बताए ।
वृद्धवृद्धा र अशक्तको सेवाका लागि सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सबै वडामा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गर्ने कार्यक्रम रहेको उनको भनाइ छ ।हाम्रो देश नेपाल भौगोलिक विविधता भएको देश, यहाँ ठाउँठाउँमा गगनचुली पहाड र हिमालले गर्दा स्वास्थ्य सेवा सबै ठाउँमा पुग्न सकेको छैन हाम्रो सानो प्रयासले हाम्रो समाजको विविधतालाई स्वीकार गरेर संगै अगाडि बढ्न सकिने डाक्टर मिलन भण्डारीले बताए ।
दुर्गम गाउँमा बिशेषज्ञ सहितको सेवा सहित ग्रामिण भेगमा बस्ने समुदायका जनताहरुको घरमै गएर स्वास्थ्य परिक्षण गर्न पाउँदा निकै खुशीको महसुस भएको छ।उनले भने अपांगतालाई ध्यानमा राखी सरल जीविकोपार्जन गर्न सिकाउने,अधिकार उपभोग गर्न पाउने, सबै मानिसहरुलाई सचेत गराएर अपांग भेदभाव विरुद्दको आवाज ऊठाउन मद्दत गर्ने गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा,अपांगको संरक्षण गर्ने अधिकार,अपांगता भएका व्यक्तिको मनोबल बढाउन सबै सरोकारवालाको भुमिका रहन आबश्यक छ ।