नेपालमा आधुनिक रेलमार्ग निर्माण गर्ने योजना आर्थिक वर्ष २०६६/६७ बाटै सुरु भएको हो। रेल यातायातको विकास गर्ने सरकारी योजना अनुसार तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारले २०६८ असारमा रेल विभाग स्थापना गर्यो। उक्त विभाग गठन भएको आठ वर्ष भइसकेको छ। यसबीचमा रेलका धेरै योजनाहरु अगाडि सारिएका छन्। तर यतिखेर चर्चामा छ– जयनगर–जनकपुर ३५ किलोमिटर रेल।
अबस्य पनि पछिल्लो समय प्रधानमन्त्री केपि ओलि रेल र पानीजहाजको लागि अलि बढिनै लागिरहेका छन। अलि पहिले सम्मका उनका भाषणहरुमा पनि रेल र पानीजहाज बारम्बार दोहोरीएको सुन्न सकिन्छ। तर यतिबेला केही मान्छेहरु नेपालमा रेलको चर्चा प्रधानमन्त्री केपि ओलिसंग मात्र जोडेर गर्दै आएका छन। कतिसम्म भने केपि ओलिले रेल ल्याए सम्म पनि भनिएको छ तर नेपालमा रेल केपि ओलि जन्मिनुभन्दा २५ बर्ष अघि नै अर्थात आजभन्दा ९३ बर्ष पहिले, सन १९२७ मै संचालनमा आएको हो।
त्यस्तै, भारतबाट नेपालको सीमानाका वीरगन्जको सुक्खा बन्दरगाहसम्म रेलसेवा सञ्चालन हुँदै आएको छ। यो रेल मालवस्तु ढुवानीका लागि मात्र प्रयोग गरिदै आइएको छ।
पहिलो संविधान सभा निर्वाचन र निर्वाचनमा पहिलो पार्टी भएपश्चात तत्कालीन माओवादीले अलि बढी नै आधुनिक रेलको कुरा गर्यो। प्रचण्ड प्रधानमन्त्री हुँदा पहिलो पटक उनले केरुङ्ग-काठमाडौं रेलको कुरा चिनियाँ समक्ष राखेका थिए । तत्पश्चात दोश्रो संविधान सभाको लागि तयार गरिएको तत्कालीन माओवादी पार्टिको चुनावी घोषणा पत्रमा समेत यसलाइ विशेष महत्वका साथ उठाइएको थियो, जुन घोषणा पत्र प्रचण्डको नेतृत्वमा डा. बाबुराम भट्टराईले तयार गरेका थिए।
त्यसैगरी हाल बिशेष चर्चामा रहेको र दीर्घकालीन महत्त्व बोकेको पूर्व–पश्चिम रेलमार्ग बनाउन २०६७ साउनमै भारतीय कम्पनी राइट कन्सल्यान्ट्सले सम्भाव्यता अध्ययन गरेको थियो। उक्त सम्भाव्यता अध्ययनबाट नेपालमा रेल सम्भावना देखिएकाले नै तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा यो आयोजनालाई दर्ज गराएका थिए।
प्रतिक्रिया राख्नुहोस्