प्युठानमा स्थानीय र प्रहरीको सक्रियतामा गाँजा फँडानी

अजय बि.क
प्युठान,प्युठाननगरपालिका  वडा नं.-१० हाडिगैरामा स्थानीय र प्रहरीको संयुक्त सहभागितामा गाँजा नष्ट गरिएको छ ।
शनिबार,हाडिगैरा बस्तिको नजिकै उम्रेको गाजा नष्ट गरिएको हाे ।
यस क्षेत्रहरुमा गाँजालाई केही स्थानीय युवाहरुले लागु औषधको रुपमा प्रयोग गर्दै आएपछि उक्त गाँजाँ नष्ट गरिएको मरन्ठाना प्रहरी चौकिका एक प्रहरी जवान नवीन बि क ले बताए। 

स्थानीयहरूको संयुक्त आयोजनामा यस क्षेत्रको बाटोको वरीपरी उम्रेका दुई सय भन्दा बढी गाजाको बोट नष्ट गरिएको हो।

प्युठान नगरपालिका वडा नं.-१० का वडा सदस्य पितम के सि,जिल्ला समन्वय समिति प्युठानका सदस्य रेशमा गिरी, मरन्ठाना प्रहरी चौकी प्रतिनिधि,  स्थानिय लगायतको सहभागितामा गाजा नष्ट गरिएको थियो ।