बागेश्वरी असल शासन क्लव (बास)को अध्यक्षमा सुजल श्रेष्ठ 

सीता बि.क
प्यूठान,बागेश्वरी असल शासन क्लव (बास)को चौथो जिल्ला अधिवेशनले सुजल श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।
श्रेष्ठको नेतृत्वको नयाँ कार्यसमितिको उपाध्यक्षमा शुसिला बुढामगर,सचीव राजेश जि.सी., सह-सचिव रबिन विश्वकर्मा, कोषध्यक्ष प्रज्वल पहाडी रहनु भएको छ।सदस्यहरुमा बिजय सिंह भारती,श्रीराम भन्डारी,बिष्णु न्यौपाने र भिमकला कुवर रहनु भएको छ ।

कार्यक्रम सम्पन्न पपस्चात अध्यक्ष सुजल श्रेष्ठको नेतृत्वमा नवगठित कार्यसमिति


नवनिर्वाचित अध्यक्ष श्रेष्ठले शुसासन स्थापित गर्न युवाको भूमिका महत्त्वपूर्ण भएकाले बिबिध कार्यक्रम गर्दै अगाडी बढ्ने बताउनुभयो ।
हरेक क्षेत्रमा बेतिथी बढ्दै गएको परिपेक्षमा शुसासन स्थापना र जनचेतना अभिबृद्धिका लागि बासको महत्वपूर्ण भुमिका हुने श्रेष्ठको भनाई छ।उहाँका अनुसार हरेक क्षेत्रमा बेतिथी मौलाउदै गएको परिपेक्षमा बास सबै युवाहरु भएको संस्था भएकाले युवा नै शुसासनमा लाग्दै  सभ्य र सुसंस्कृत समाज निर्माण तर्फ केन्द्रित हुनेछ। 
कार्यक्रममा प्रगति प्रतिवेदन र अहिलेसम्म भएका कामको बारेमा अध्यक्ष जुमानसिह के.सि ले जानकारी गराउनुभएको थियो।