दाङ । तुलसीपुर उपमहानगरपालिकामा सार्वजनिक कार्यक्रम गर्न नपाईने भएको छ ।कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले कोरोना भाइरस (कोभिड–१९) को जोखिम वढ्दै गएको भन्दै सार्वजनिक कार्यक्रम नगर्न अपिल गर्नु भएको हो । उहाँले एक प्रेस विज्ञप्ती जारी गर्दे सबैलाई यस्तो जानकारी गराउँनु भएको हो ।भाइरसको संक्रमणले विश्वभर ठूलो मात्रामा मानवीय क्षतिका साथै मानिसको स्वास्थ्यमा गम्भिर असर समेत भएकाले यसबाट जोगिनका लागि सबैले पूर्व तयारी गर्नु आवश्यक छ ।’विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यवाहक नगरप्रमुख डाँगीले सार्वजनिक ठाउँमा भेला हुने, सभा सम्मेलन र महोत्सव गर्ने लगायतका काम तत्कालका लागि नगर्नु र नगराउनुहुन अनुरोध समेत गरेका छन् ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्