सरुमारानीमा उद्यम विकास कार्यक्रम : महिलालाई आत्मनिर्भर बनाइँदै,एकै दिन दुई तालिमको गरियो समापन

सरुमारानीमा उद्यम विकास कार्यक्रम : महिलालाई आत्मनिर्भर बनाइँदै,एकै दिन दुई तालिमको गरियो समापन

सिता बि.क
प्युठान,सरुमारानी गाउँपालिकाले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै गरिबी निवारण गर्ने उद्देश्यले विभिन्न सीप विकास तालिमहरूलाई प्राथमिकता दिएको छ। गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा) अन्तर्गत सञ्चालित यस्ता तालिमहरूले स्थानीय महिलाहरूमा आत्मविश्वास जगाएको छ।
सरुमारानी गाउँपालिका वडा नम्बर ३ हंसपुरमा २०८२ जेष्ठ २ गतेदेखि असार ३ गतेसम्म आयोजित एक महिने बुटिक र सिलाई कटाई सीप बिकास तालिम मङ्गलबार सम्पन्न भएको छ। तालिममा सहभागी प्रशिक्षार्थिलाई प्रमाणपत्र प्रदान गरि एक कार्यक्रम बिच तालिम सम्पन्न गरिएको हो।

तस्बिर :सिलाई कटाई सम्बन्धि सीप बिकास तालिम प्रशिक्षार्थीलाई पालिका मार्फत प्राविधि हस्तान्तरण गरिदै
तस्बिर :बुटिक सम्बन्धि सीप बिकास तालिम प्रशिक्षार्थीलाई पालिका मार्फत प्राविधि हस्तान्तरण गरिदै 


प्रमुख अथिति एबम सरुमारानी गाउँ पालिका उपाध्यक्ष  बसन्ता खड्काले समापन कार्यक्रममा सम्बोधन गर्दै महिलाहरुको आर्थिक स्तर सुधार गर्दै आत्मनिर्भर बनाउने र क्षमता अभिवृद्धि गर्नका लागि यस्ता सीप बिकास तालिम संचालन गरिएको बताउनु भयो।सीपले ब्यक्तिको जीवनमा रूपान्तरण ल्याउने उल्लेख गर्दै उहाँले महिलाहरु सामाजिक,आर्थिक र राजनैतिक रुपले पछाडि परेको बताउदै आफुले सिकेको सिपलाई सहि रुपमा कार्यान्वायन गरी आर्थिक स्तर बृद्धि गरी आत्मनिर्भर बन्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभएको छ।‘सीपले जीवन परिवर्तन गर्छ,त्यसैले सिकेको सीपलाई केवल प्रमाणपत्रमा सीमित नराखौं,उहाँले भन्नुभयो-‘ उत्पादन र बजारीकरणतर्फ उन्मुख बनौं।’
यस्तै,कार्यक्रममा सरुमारानी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता चिन्त सोमै मगरले सिपको माध्यमबाट आर्थिक आयआर्जन गरी महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागी पालिका मार्फत निरन्तर प्रयास गरिरहेको बताउनुभएको छ।गाउँपालिकाले गरेको लगानीको राम्रो प्रतिफल आएमा महिलाहरुको सिप बिकास गरी आयआर्जन गर्नकोे लागी बिभिन्न तालिमको आयोजना गरी सदैब सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यपालिका सदस्य आशा बि.क ले सिकेको शिपबाट व्यवसायिक रुपमा काम गरेमा मात्र आर्थिक स्तर उकास्न मद्धत मिल्ने भन्दै अबको समयमा सिकेको सिपलाई ब्यबहारमा उतार्न आबश्यक रहेको बताउनुभयो।
राज्यको लगानीबाट दीर्घकालीन लाभ लिन सकिने भन्दै उहाँले भन्नुभयो-‘राज्यको लगानी बालुवामा पानी हालेजस्तो हुनु हुँदैन। यसले प्रतिफल दिनुपर्छ।’
तालिमबाट उत्पादन भएका दक्षजनशत्तिले समाजको नेतृत्व र क्षमता विकासमा समेत टेवा पुराउनुपर्नेमा जोड दिनुभयो।बुटिक तालिम प्रशिक्षकमा धनिमाया गुरूङ र सिलाई कटाई सीप बिकास तालिममा शुक्र बहादुर दमाईले सहजिकरण गर्नु भएकाे थियाे।
बुटिक सम्बन्धि सीप बिकास तालिम अन्तर्गत कपडामा विभिन्न कडाई  भर्न र सिलाई कटाई अन्तर्गत विभिन्न डिजाइनमा कपडा सिलाउने कला सिकेका थिए। 
महिलाहरुको आर्थिक स्तर सुधार गर्दै आत्मनिर्भर बन्न तथा क्षमता अभिवृद्धि गर्नका लागि यस्ता सीप बिकास तालिम अत्यन्तै प्रभावकारी हुने उद्यम बिकास सहजकर्ता सीता बि.क ले बताउनुभयो।“हामीले उद्यमशीलता तालिमको अवधिभर बजारको माग र स्थानीय स्रोतसाधनको उपलब्धतालाई ध्यानमा राखेर सम्भावित व्यवसायहरूको पहिचान गरेका छौं। सोही अनुसार महिला दिदीबहिनीहरूको सीप विकासमा लगानी गरिरहेका छौं।"यसले महिलाहरूलाई विभिन्न क्षेत्रमा उद्यम गर्ने अवसर मिल्नेछ।उहाँका अनुसार यस्ता तालिमले सहभागी महिलाहरूलाई निगट भविष्यमा यसैलाई आयस्रोतको माध्यम बनाउन  सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिमले आफुहरुमा भएको शिप तथा क्षमतालाई उजागर गरेको र व्यवसायिक सोचको विकास गरेको बताउनुभएको छ।
सरूमारानी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भिम बहादुर मसराङ्गी मगरकाे अध्यक्षता बाट सुरु भएको कार्यक्रमको सन्चालन उद्यम बिकास सहजकर्ता सीता बि.क ले गर्नुभएको थियो।