काठमाडौं। नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डललाई वारपार गरेर अघि बढ्न सुझाव दिएका छन्। नेकपाका दुई अध्यक्षबीच चारपटक एक्लाएक्लै वार्तामा बस्दा पनि सहमतिको विन्दु तय नभएपछि उनीहरुले यस्तो सुझाव दिएका हुन्।
बुधबार बालुवाटारमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डबीच झण्डै दुई घण्टा छलफल भएको थियो। खुमलटार पुगेका वरिष्ठ नेताद्वयलाई अध्यक्ष प्रचण्डले ओली समझदारीमा नआएको र गाँठो झन् कस्सिँदै गएको बताएका थिए।
दुई अध्यक्षबीच वार्ता लम्ब्याएर मात्रै समाधान ननिस्कने बताउँदै वरिष्ठ नेता नेपाल र खनालले प्रचण्डलाई वार कि पार गरे जान सुझाव दिएको पनि बताए। भेटमा चारपटक स्थगित भएको स्थायी कमिटी बैठक अब नरोक्ने समझदारी भएको पनि एक सचिवालय सदस्यले बताए।
प्रचण्डलगायत नेताहरू ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने अडानमा छन्। ओलीले राजीनामा बाहेकका विषयमा सहमति खोज्न सकिने बताउँदै आएका छन्।
प्रतिक्रिया राख्नुहोस्