प्युठानम चुनाव बहिष्कार अभियानले तान्यो प्रहरीको ध्यान,दुई नेता समातिए

प्युठानम चुनाव बहिष्कार अभियानले तान्यो प्रहरीको ध्यान,दुई नेता समातिए

प्युठन,प्यूठानमा निर्वाचन बहिष्कार अभियान सञ्चालन गरिरहेको क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठान का दुई नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा जिल्ला इन्चार्ज टिकाराम पौडेल र जिल्ला सचिव वीर बहादुर पुन रहेका छन्। उनीहरूलाई बिजुवार स्थित पुण्यखोलाबाट पर्चा वितरण गरिरहेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरी भट्टराईका अनुसार,निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले प्रचार सामग्री वितरण गरिरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा दुवै जनालाई नियन्त्रणमा लिइएको हो।
यस घटनापछि जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ भने निर्वाचन गतिविधि भने सामान्य रूपमा सञ्चालन भइरहेको प्रशासनले जनाएको छ।