प्युठान,स्वर्गद्वारी नगरपालिका–६ बेलबास र वडा नं. ७ तापामा नेकपा एमाले प्युठानले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ। सो क्षेत्रमा स्थानीय जनता र पार्टी कार्यकर्ताहरूको उत्साह स्पष्ट देखिएको छ।
यस अवसरमा सेर बहादुर पुनले राजमो छोडेर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। पार्टी प्रवेश कार्यक्रममा उहाँलाई केन्द्रिय सदस्य तथा आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापाले औपचारिक रूपमा सदस्यता प्रदान गर्दै स्वागत गर्नुभयो।
पार्टीले मात्र औपचारिक स्वागत गरेन,नयाँ सदस्यसँग स्थानीय अग्रज व्यक्तिहरूसँगको भेटघाट पनि आयोजना गर्यो।भेटघाटका क्रममा क्षेत्रका अनुभवी नेताहरू र समाजसेवीहरूसँगको संवादले पार्टी र स्थानीय जनताको सम्बन्ध अझ बलियो भएको देखिएको निर्वाचन प्रचारप्रसार समिति स्वर्गद्वारी नगरपालिकाका इन्चार्ज नेत्रबहादुर रोकाय जानकारी दिनुभयो।
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्