प्युठान,सूर्य थापा ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदातालाई चिठी लेख्दै पुनः मतदानको अपिल गर्नुभएको छ। नेकपा एमाले का तर्फबाट उम्मेदवार बन्नुभएका थापाले आफ्नो कार्यकालमा सम्पन्न कामहरूको विवरण सार्वजनिक गर्दै आगामी योजनासहित मतदातासँग समर्थन माग्नुभएको हो।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्यूठान बाट निर्वाचित भएका थापाले चिठीमार्फत सडक स्तरोन्नति, खानेपानी आयोजना विस्तार, विद्यालय तथा स्वास्थ्य संस्थाको पूर्वाधार सुधार, कृषि तथा रोजगारी प्रवर्द्धन लगायतका क्षेत्रमा पहल गरिएको उल्लेख गर्नुभएको छ। संघीय सरकारमार्फत बजेट विनियोजन गराई दीर्घकालीन योजनाहरू अघि बढाइएको दाबी उहाँले गर्नुभएको छ।
आगामी कार्यकालका लागि थापाले युवा रोजगारी सृजना,कृषि आधुनिकीकरण,पर्यटन प्रवर्द्धन,गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवामा विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै पारदर्शी र उत्तरदायी शासन प्रणाली सुदृढ गर्न निरन्तर काम गर्ने उहाँको भनाइ छ।
चिठीको अन्त्यमा उहाँले विकासको निरन्तरताका लागि आफूलाई पुनः मतदान गरी सेवा गर्ने अवसर प्रदान गर्न मतदातासँग आग्रह गर्नुभएको छ।
प्रतिक्रिया राख्नुहोस्