प्युठानमा सूर्य थापाको समर्थनमा एमाले प्रवेश गर्नेको लहर

प्युठान,आसन्न निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले मा प्रवेश गर्नेहरूको लहर बढ्दै गएको छ। जिल्लाका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ताहरूले अन्य पार्टी परित्याग गरी एमाले रोजिरहेका छन्।
यसै क्रममा शुक्रबार गौमुखी गाउँपालिका वडा नं. ६,लिबाङ बुक्तिचौरबाट नेपाली कम्युनिस्ट पार्टी बाट दर्जनौँ कार्यकर्ताहरूले पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूले देशमा सुशासन,स्थायित्व र विकासको स्पष्ट योजना एमालेसँग मात्र रहेको विश्वास व्यक्त गरेका छन्।
उनीहरूले आगामी निर्वाचनमा एमालेका उम्मेदवार सुर्य बहादुर थापा लाई विजयी बनाउन आफूहरू प्रतिबद्ध भएर लाग्ने बताएका छन्।
नवप्रवेशीहरूलाई नेकपा एमाले गौमुखी गाउँपालिका कमिटीका अध्यक्ष जुमान जि.सी.ले टीका लगाएर स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै उनले एमाले जनताको भरोसाको पार्टी भएको उल्लेख गर्दै विकास र समृद्धिको अभियानमा सबैलाई एकताबद्ध हुन आह्वान गरे।
स्थानीयस्तरमा एमालेप्रति आकर्षण बढ्दै गएको भन्दै इन्चार्ज जि.सि ले आगामी निर्वाचनमा उमेदवार थापाको बिजय सुनिस्चित भएको दाबि समेत गरेका छन्।