भेदभाव र लाञ्छना नहटेसम्म एचआईभी एड्स नियन्त्रण गर्न मुस्किल’ : नगर प्रमुख योगि 

भेदभाव र लाञ्छना नहटेसम्म एचआईभी एड्स नियन्त्रण गर्न मुस्किल’ : नगर प्रमुख योगि 

राम बहादुर बिश्वकर्मा 
प्युठान,एचआईभी एड्स तथा यौन रोग नियन्त्रणका लागि संक्रमित माथिको भेदभाव र लाञ्छना नहटेसम्म नियन्त्रण गर्न मुस्किल रहेको प्युठान नगर पालिकाका नगर प्रमुख बिष्णु योगिले बताउनुभएको छ।
मङ्गलबार प्युठान नगरपालिकाको आयोजनामा एचआईभी संक्रमित माथि हुने लान्छाना,भेदभाव बिरुद्ध मानव अधिकार संरक्षण र जिविकाेपार्जन समर्थन कार्यबिधि २०८२ का बिषयक छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। 
आमजनमानसमा एचआईभी एड्स तथा यौनबाट संक्रमितहरूमाथि समाजमा अझ पनि भेदभाव र लाञ्छना लगाउने कार्य जारी रहेकोले त्यसको न्यूनीकरणका लागि नगर बाट कार्यबिधी तयार हुन लागेकोले सरोकारवाला पक्षसँग मिलेर छलफल चलाएको बताउनुभयो।उहाँले भेदभाव तथा लाञ्छनाकै कारण अहिले पनि कयौं संक्रमितहरू उपचारको पहुँच बाहिर रहेको बताउँदै कार्यबिधिको मसौदामा नगरपालिकाकाे बिधायक समितिमा थप छलफल गरि अगाडि बढाउने बताउनुभयो। उहाँका अनुसार नगरपालिकाले अहिले पनि स्वास्थ्य कार्यक्रम मार्फत स्वास्थ्य र पाेषणमा सहयाेग पुर्याउदै आएको छ।
प्यूठान नगरपालिकाले स्थानीय तहको संवैधानिक भूमिकालाई आत्मसात गर्दै एचआईभी संक्रमित व्यक्तिहरूको गरिमा,अधिकार,सामाजिक समावेशिता र आर्थिक सशक्तीकरण सुनिश्चित गर्न "एचआईभी संक्रमित माधि हुने लान्छना,भेदभाव विरुद्ध,मानव अधिकार संरक्षण र जीविकोपार्जन समर्थन कार्यविधि,२०८२ तयार गर्न लागेको सन्दर्भमा मस्यौदा माथि छलफल गरिएको थियो।
प्युठान नगरपालिका मार्फत तयार हुन लागेको उक्त कार्यविधिले PLHIV का लागि गैर-भेदभावपूर्ण सेवा पहुँच,कानुनी सुरक्षा,मनोसामाजिक समर्थन,स्वास्थ्य उपचार,शिक्षा,सीप विकास,स्वरोजगार तथा सामाजिक पुनःस्थापनाका उपायहरू सुनिश्चित गर्दै सामाजिक न्याय,समावेशिता र मानवअधिकारको प्रवर्द्धन गर्ने लक्ष्य लिएको प्युठान पलसका कार्यक्रम सम्याेजक तपेन्द्र बि.क ले बताउनुभयो।