सीता बि.क
प्युठान,सरुमारानी गाउँपालिकाले समग्रमा ९१.४३ प्रतिशत वित्तीय प्रगति गरेको छ।आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाले चालुतर्फ ९४ दशमलव ४५ प्रतिशत र पूँजिगत तर्फ ८१ दशमलव ६ प्रतिशत प्रगति हासिल गरेको हो।
सरुमारानी गाउँ पालिकाका लेखा शाखा प्रमुख टोप बहादुर शाहिका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सम्पुर्ण खर्च तथा भुक्तानी सम्बन्धी कार्य दिउँसो बुधबार ३ बजे बन्द भएको र चालु आर्थिक वर्षमा ८५.९२ प्रतिशत प्रतिशत खर्च भएको बताएउनुभयो।
गाउँपालिकाले आर्थिक बर्ष २०८१/८२ का लागी ४० करोड ९८ लाख ७ हजार ८ सय २८ रुपैयाको बार्षिक स्वीकृत बजेट मध्ये ३५ करोड २१ लाख ३० हजार ४ सय ९६ रुपैया ६८ पैसा अर्थात ९१.८३ प्रतिशत प्रगती भएको जनाइएको छ।
गाउँ पालिकाले स्वीकृत गरेको चालु तर्फ ३१ करोड ६९ लाख ६८ हजार ४४ रुपैयाँ अर्थात् ८८.७७ प्रतिशत खर्च गरेको छ।त्यस्तै पुजिगत तर्फ ९ करोड २८ लाख ३९ हजार ७ सय ८४ मध्ये ७ करोड ७५ लाख २ हजार ९ सय २० अर्थात् ७६.२० प्रतिशत खर्च गरेको हो।
बुधबार वित्तीय विवरण सार्वजनिक गर्दै गाउँपालिकाले असार २५ गते दिउँसो ३ बजे देखि सम्पूर्ण वित्तीय कामकाज बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत त्रिबिक्रम खड्काले बताउनुभयो।
साथै चालु आर्थिक बर्ष २०८१/०८२ को बार्षिक निती तथा कार्यक्रम र बार्षिक बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग गर्ने जनप्रतिनिधी कर्मचारी तथा सरोकारवाला सबैमा प्रमुख प्रशासकीय अधिकृत त्रिबिक्रम खड्काले धन्यबाद समेत दिनुभएको छ।
प्रतिक्रिया राख्नुहोस्