यसपटक एसईईको परिक्षा खारेज बिध्यालयकै मुल्यांकनलाई मान्यता दिइने

यसपटक एसईईको परिक्षा  खारेज बिध्यालयकै मुल्यांकनलाई मान्यता दिइने

काठमाडौँ । यस वर्ष एसइइको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय गरेको हो।
कोरोनाका कारण विगतको जस्तै गरी एसईई परीक्षा गर्न नसकिने निष्कर्ष शिक्षा मन्त्रालयले निकालेर यस्तो प्रस्ताव लागेको थियो । कोरोनाको त्रासका कारण एसईई परीक्षा सुरू हुनु केही घण्टाअघिमात्र स्थगित भएको थियो ।
बैठकमा यस वर्षको एसईई परीक्षा खारेज गर्न शिक्षा मन्त्रालयको प्रस्ताव पारित भएको हो ।