नारी दिवसको अवसरमा हँसपुरमा महिलालाई अभिमुखिकरण

सीता बि.क
प्युठान,समाजमा व्यवहार परिवर्तन गराउन सके मात्र महिलाको हक अधिकार सुनिस्चित हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।११५ अौं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा सरुमारानी गाउँपालिका वडा नम्बर ३ ले हँसपुरमा आयोजना गरेको अभिमुखिकाण कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाको समान हकका लागि महिला स्वयमको पनि व्यवहार परिवर्तन आवश्यक रहेको बताए।समुदायमा आधारित कार्यक्रमहरुमा समावेशी सहभागिता गराउन सके समताको अभ्यास हुने उनीहरुले बताए। कार्यक्रममा प्रमुख अतिथि बसन्ता खड्काले महिलाहरु आर्थिक रुपमा सबल भए निर्णायक भूमिका स्वयम् सृजना हुने तर्क गरिन्। सरुमारानी गाउँपालिकाले महिलाहरुको सीप तथा क्षमता विकासका लागि महिलाहरुकै माग अनुसार कार्यक्रम ल्याएको जानकारी गराईन्।महिलालाई नेतृत्व तहमा आउन आत्मविश्वासको खाँचो रहेको बताउदै उपाध्यक्ष खड्काले आफ्नो कार्यकाल सिकाईकै क्रममा सकिन लागे पनि महिला बालबालिकाको हक हित र न्यायिक पहुँचका लागि विनियोजित बजेटको सही उपयोग गर्न हरेक वडामा सहकार्य गरेको उनको भनाई थियो। 
सरुमारानी गाउँपालिका कार्यपालिका सदस्य आशा बि.क ले महिलालाई आर्थिक र सामाजिक रूपमा सबल बनाउन सके मात्र महिलामाथि हुने सबै किसिमका हिंसाका घटना नहुने बताइन।महिला अधिकार र हिंसा न्यूनीकरणका लागि समान अवसर र अर्थपूर्ण सहभागिताले हिंसालाई न्यूनीकरण गर्न सहयोग पुर्याउने धारणा पनि उनले व्यक्त गरिन ।
कार्यक्रममा सरुमारानी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भिम बहादुर मसाङ्गिले नारी दिवस मनाउनुको उदेश्य दिवस केन्द्रित कार्यक्रम मात्र नभई सचेतनाको पहल भएको बताए।महिला हक अधिकार सुनिश्चितताको लागि शिक्षा र जनचेतनाको ठुलो महत्व रहने उनको भनाई थियो।
प्रशिक्षक सरुमारानी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्षमण आचार्य र उद्यम बिकास सहजकर्ता सीता बि.क ले नारी दिवसको औचित्य,महिलाको न्यायिक अधिकार,लैङ्िगक हिंसा,संविधानले गरेका व्यवस्थाका विषयमा अभिमुखिकरण गराएको कार्यक्रममा वडाका करिब ६० जना महिला सहभागी भएका थिए ।

महिलालाई सम्मान 

यसैबीच वडाले नारी दिवसको अवसरमा लैङ्गिक तथा सामाजिक परिवर्तनको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने २ जना महिलालाई सम्मान गरेको छ। सम्मानित हुनेहरूमा रहेका छन् ।
हरेक संघर्ष गर्दै उद्यम सन्चालन सङ्गै समाजमा प्रेरणादायी कार्य गरेको भन्दै हेमन्ती फेवाली र सबना खातुन सम्मानित भएका छन्। यस्तै उनीहरू सबैलाई प्रमाणपत्र,दोसल्लाले  सम्मान गरिएको थियो।