सरुमारानी गाउँपालिका : चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा ३९.३५ प्रतिशत बजेट खर्च

सरुमारानी गाउँपालिका : चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा ३९.३५ प्रतिशत बजेट खर्च

सीता बि.क
प्युठान,प्युठानको सरुमारानी गाउँपालिकाले चालू आर्थिक वर्षको ८ महिनामा ३९.३५ प्रतिशत बजेट खर्च गरेको छ।सरुमारानी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत विवरणले देखाएको छ।यद्यपि कतिपय सम्झौता भएका,कति चालु रहेका र कतिपय सम्पन्न हुने अवस्थामा रहेको कारणले समयसीमाभित्रै पूर्ण बजेट कार्यान्वयन हुनेमा गाउँपालिका ढुक्क रहेको देखिन्छ ।
पालिकाका अनुसार आर्थिक वर्ष २०८१/०८२ को कुल बजेट ४० करोड ९८ लाख ७ हजार ८ सय २८ रुपैयाँ ८४ पैसा रहेकोमा फागुन मसान्तसम्ममा १६  करोड १२ लाख ६७ हजार ५ सय ९ रुपैयाँ ८५ पैसा खर्च भएको छ।हालसम्म चालुगततर्फ ४३.२४ प्रतिशत र पुजिगतर्फ २६.३ प्रतिशत खर्च भएको छ भने आम्दानीतर्फ ४६ लाख ४१ हजार ४ सय ७६ रुपैयाँ १४ पैसा(५३ प्रतिशत) प्रगति भएको गाउँपालिकाको तथ्यांक रहेको छ ।चालू आर्थिक वर्षमा आर्थिक विकासतर्फ ३ करोड करोड ४७ लाख ५४ हजार विनियोजन भएकोमा पुस देखि फागुन सम्ममा ४८ लाख ५३ हजार ७ सय २८ रुपैयाँ १३.९७ प्रतिशत खर्च भएको छ। सामाजिक विकासतर्फ २१ करोड ३३ लाख २८ हजार ७ सय विनियोजन भएकोमा ९ करोड १६ लाख १२ हजार  सय ३३ रुपैयाँ १२ पैसा ४२.९४ प्रतिशत खर्च भएको छ । त्यस्तै पूर्वाधार विकासतर्फ ४ करोड ९९ लाख ५२ हजार ९ सय ६९ रुपैयाँ विनियोजन भएकामा  करोड ६ लाख ७८ हजार ७ सय ४७ रुपैयाँ २१.३८ प्रतिशत खर्च भएको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ २ करोड ४२ लाख ६७ हजार ८ सय १५ रुपैयाँ  ५६ पैसा विनियोजन भएकामा ९७ लाख  ६४ हजार २ सय ५५ रुपैयाँ ९९ पैसा ४०.२४ प्रतिशत खर्च भएको छ। कार्यालय संचालन तथा प्रशासनिकतर्फ ८ करोड ७५ लाख ४ हजार ३ सय ४४ रुपैयाँ २८ पैसा हजार विनियोजन भएकोमा हालसम्म ४ करोड ४३ लाख ५८ हजार ६  सय ४५ रुपैयाँ ७४ पैसा ५०.६९ प्रतिशत खर्च गरेको बताइएको छ।
पालिकाका प्रशासन शाखा प्रमुख लक्षमण आचार्यले प्रतिबेदन प्रस्तुत गर्दै चालुआर्थिक वर्षको हालसम्मको अवस्था,चुनौति,चुनौति चिर्ने प्रयास र प्रयत्न अनि नविन प्रयत्नहरुका बारेमा बताउनुभएको थियो।आचार्यका अनुसार आन्तरिक राजश्व संकलनका क्रममा गाउँपालिका र वडालाई दिइएको तार्गेट अनुसारले रकम संकलन भएको छ । रकमको आधारमा वडा नं. २ ले ८ लाख ९६ हजार ६ सय ८ रुपैयाँ १५ पैसा बढी रकम संकलन गर्न सफल भएको छ त्यस्तै वडा नम्बर ६ ले ७ लाख ३१ हजार ४ सय ३६ रुपैयाँ १९ पैसा,वडा नम्बर १ ले ६ लाख ४६ हजार ५ सय ९७ रुपैयाँ ४६ पैसा,वडा नम्बर ५ ले ४ लाख ७६ हजार १ सय ९२ रुपैयाँ १३ पैसा, वडा नम्बर ४ ले ३ लाख ९२ हजार ५ सय २७ रुपैयाँ ६९ पैसा,वडा नम्बर ३ ले ३ लाख ४६ हजार ५ सय ४१ रुपैयाँ ३७ पैसा, आँखा स्वास्थ्य केन्द्र १ लाख २३ हजार ४ सय ७० रुपैयाँ,स्वास्थ्य चौकी ३ वटा ३५ हजार ९ सय १० रुपैयाँ राजश्व संकलन गरेको छ।राजश्व शाखाबाट वार्षिक रुपमा ८६ लाख ७० हजार उठाउने लक्ष्य रहेकोमा हालसम्म ४६ लाख ४१ हजार ४ सय ७६ रुपैयाँ १४ पैसा अर्थात ५३.५३प्रतिशत राजश्व संकलन भएको छ। 
गाउँपालिकाको दोस्रो चौमासिक प्रगति सन्तोषजनक रहेको भन्दै बाँकी योजनाहरू समयमै सम्पन्न गर्नका निम्ति सबैको सकारात्मक सहयोग अपरिहार्य रहेको गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले बताउनुभयो। उहाँले पालिकाको समृद्धि र दिगो विकासका लागि जनप्रतिनिधि,कर्मचारी,स्थानीय,नागरिक समाज तथा सम्बन्धित निकायहरूसँग समन्वय आवश्यक रहेको स्पष्ट पार्नुभयो। सन्तोषजनक उपलब्धि हासिल गर्न सके पनि अझै थप चुनौतीहरू रहेको बताउँदै उहाँले भन्नुभयो, योजनाहरू कार्यान्वयनको तहमा रहेकाले आर्थिक वर्षको अन्तिम समय सम्म शत प्रतिशत योजना सम्पन्न गर्न समुदायको सहभागिता,पारदर्शिता र इमानदारिता जरुरी छ।जनप्रतिनिधिले जनताको अपेक्षा पूरा गर्नेतर्फ सचेत हुनुपर्छ ।”  
सार्वजनिक कार्यालयले निश्चित समयमा सञ्चालन गरेका गितिविधिको बारेमा सरोकारवालासँग गरिने छलफल तथा सवाल जवाफ गर्ने औपचारिक कार्यक्रम सार्वजनिक कार्यक्रम भएको प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्काले बताउनुभयो।  सरकारले गरेका गतिविधिका बारेमा सर्वसाधारण नागरिकले आफ्ना विचार,सुझाब,आलोचना गर्नुका साथै सुधार गर्नुपर्ने पक्षको विषयमा राय,सुझावसहित धारणा व्यक्त गर्न पाउनुपर्छ उहाँले भन्नुभयो ।
उहाँका अनुसार सार्वजनिक प्रशासनलाई जनमुखी,जवाफदेही,पारदर्शी, समावेशी तथा जनसहभागितामूलक बनाई कानुनी शासन,भ्रष्टचारमुक्त,चुस्त प्रशासन,आर्थिक अनुशासनलगायत असल शासनका आधारभूत मान्यतालाई आत्मासाथ गर्दै छिटोछरितो सेवा प्रवाह सम्बन्धि नेपाल सरकारले मुलुकमा सुशासन कायम गर्न,सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ समेत जारी गरेको छ । 
गाउँपालिका उपाध्यक्ष बसन्ता खड्काले आगामी दिनमा विकास निर्माणलाई प्रभावकारी बनाउन निगरानी तथा अनुगमनलाई अझ सशक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।साथै, उहाँले स्थानीय तहले विकास योजनाहरूको कार्यान्वयनमा कुनै पनि लापरवाही सह्य नहुने बताउनुभयो।