बिध्यालयका शिक्षकहरु खोलामा झरेपछि....

राम बहादुर बिश्वकर्मा 
 
प्युठान,बाल बिध्या माबी का शिक्षकहरु मङ्गलबार बिहानै एउटा खोलामा भेटिए। प्रध्यानाध्यापक केशु गिरी लगायतका शिक्षकहरुको हुल बिध्यालय स्थित चुदरिखोलामा पुग्यो। बिहानको १० बजे शिक्षक शिक्षिकाहरु खोलामा देखेपछि स्थानीहरु आचार्यमा परे। कतिपयले ठूलै घटना पो भयो कि भन्दै हुलतिर झरे। एकै छिनपछि बिध्यालयका सम्पुर्ण शिक्षक शिक्षिकाहरु लाम लागेर खोलाका ढुङ्गाहरु उठाउँदै एक ठाउँमा जम्मा गरे।त्यतिकैमा उनिहरुले ४ थान तारजाली खोलाको छेउमा ल्याए। जालीदेखिपछि स्थानीहरुले बल्ल पो थाहा पाए खोलाको छेउमा तारजाली भर्न थालिएको रहेछ । बिध्यालय प्र अ केशु गिरीले खोलाको साइडमा ४ समुहमा ४ वटा झाली भर्ने सहमति गरे। र १ समुहलाई १ थान जाली थम्माइदिए। त्यसपछि सुरु भयो तारझाली भर्ने प्रतिस्पर्धा।शिक्षकहरुको सक्रियतामा खोलाको एक भागतिर झाली भरियो। शिक्षकहरुले करिव ५ घन्टासम्म खोलाका ढुङ्गाहरु उठाए। शिक्षकहरुले ढुङ्गा बोकेको देखेर खोलामा आउजाउ गर्ने कतिपयले छक्क परे त कतिपय उनीहरुको काम देखेर रमाए। उक्त खोलामा कुनै आपत्तविपत्त नभई बिश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण बिध्यालय बन्द भएको र यस बर्षको शैक्षिक उपलब्धि ,आगामी सत्रको बार्षिक कार्ययोजना निर्माण भैसकेपनि औपचारिक रूपमा नयाँ शैक्षिकसत्रको पठनपाठन सन्चालन हुन केही समय लाग्ने भए पछि शिक्षकहरु श्रम दिन मनाउन गएका हुन्।

खोलामा पुगेका बिध्यालयका शिक्षकहरुले बाढीले भत्काएका संरचना निर्माण गर्दै तारजाली लगाएका छन्। कोरोना भाइरस कहिले नियन्त्रणमा हुन्छ निश्चित छैन । बसेर गर्नु खालाले गर्दा बिध्यालय भवन जोखिममा छन त्यसै स्टाफ साथिहरुको सहमतिमा बाल लगाइएको बिध्यालयका प्र .अ केशु गिरीले बताउछ्न।

शिक्षक कक्षाकोठामा मात्र सिमित हुन्छ्न भन्ने गलत धारणालाई चिर्नुपर्छ प्र अ गिरी भन्छन-“शिक्षकले कक्षाकोठा र समाजमा जस्तो चरित्र, मर्यादा र योग्यता प्रदर्शन गर्छन्, भोलिको नेपाली समाजको स्वरुप र देशको शैक्षिक स्तर त्यस्तै हुनेछ ।”

शिक्षकले वाल लगाएसँगै चुदरी खोला र दहखोलाको बिचमा रहेको बिध्यालय भबन बाढीको जोखिम कम हुने संकेत देखिएको छ। बजेट अभावको कारण देखाउँदै महिनौं वर्षदेखि वाल निर्माण हुन सकेको थिएन। श्रमको सम्मानका लागि बाल बिध्या माबी मरन्ठाना मजुवाले यस्ता विभिन्न कार्य संचालन गर्दै आइरहेको छ।