लुम्बिनी प्रदेका ९२ प्रतिशत नागरिकलाई शुद्धखानेपानीको पहुँचमा पुर्‍याइसक्यौं : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेका ९२ प्रतिशत नागरिकलाई शुद्धखानेपानीको पहुँचमा पुर्‍याइसक्यौं : मुख्यमन्त्री आचार्य

दाङ,लुम्बिनी प्रदेशमा साना तथा ठूला गरेर तीन हजार एक सय ७० खानेपानी आयोजना सञ्चालन भएका छन्।१५ लाख ७ हजार ६ सय ६३ जनसंख्या शुद्ध खानेपानीको पहुँचमा पुगेको छ ।बिहिबार दाङको भालुबांङमा आयोजित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरुमा निर्णायक तहमा महिलाको भूमिका बिषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशमा ९२ प्रतिशत जनताको पहुँचमा खानेपानी पुगेको जानकारी दिईएको हो। एक घर एक धाराको अभियान अन्तर्गत २ लाख ३७ हजार ३ सय ४८ धारा वितरण भएको समेत जनाईयो। चालु आर्थिक बर्ष २०८१/०८२ मा एक हजार तीन सय ९० आयोजनामा एक अर्ब ५६ करोड ३३ लाख बजेट रहेको बताईएको छ । अघिल्ला सरकारको पालनामा सुरु भएका तर, ८० प्रतिशत काम सम्पन्न भएर पनि पानी वितरण हुन नसकेका १५६ वटा योजना यस बर्ष सम्पन्न भई पानी वितरण गर्ने योजना सरकारले बनाएको छ । यि आयोजना सम्पन्न भएको खण्डमा ७ लाख ७ हजार थप उपभोक्तामा पानी पुग्ने आँकलन गरिएको छ ।अन्तरक्रियाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर एक धाराको अभियानले आधारभुत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताउनु भएको छ।
आगामी बर्ष ६० देखी ८० प्रतिशत सम्म काम सम्पन्न भएका योजनामा बजेट थप गरेर सम्पन्न गर्नेगरी योजना बनाइने जानकारी मुख्यमन्त्री आचार्यले दिनुभयो ।‘जहाँ हात हाल्छौं त्यहाँ सफलता प्राप्त हुन जरुरी छ । अधुरा आयोजनालाई पुरा गर्नेगरी सरकारले रणनीति बनाएको छ’उहाँले भन्नुभयो,–‘संविधानले प्रदत्त गरेको खानेपानीको अधिकारलाई पुरा गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।’