अखिल नेपाल महिला संघ प्युठानको अध्यक्षमा के.सि चयन

सीता बि.क
प्युठान,नेकपा एमालेको महिला भ्रातृ संगठन अखिल नेपाल महिला संघ प्युठानको अध्यक्षमा शुसिला के.सि चयन हुनुभएको छ। उमेशचन्द्र स्मृति प्रतिष्ठान भवन, बिजुवारमा भएको प्रथम जिल्ला युवा महिला भेला बाट शुसिला के.सि लाई संघको अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।
एमाले नेतृ तथा नेकपा एमाले जिल्ला कमिटी उपसचिव इश्वरा आचार्यका अनुसार उपाध्यक्षमा बालिकाकुमारी जिसी र सिताकुमारी गिरी,सचिवमा  सपना गिरी,उपसचिव गौरी विक,कोषाध्यक्ष  बिपना बुढाथोकी लगायतका पधआधिकारी सर्वसम्मत चयन भएका छन् ।अधिबेशनबाट अध्यक्ष के.सि सहित २१ जना पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको अखिल नेपाल महिला संघ प्युठानले जनाएको छ ।
यस्तै उद्घाटन कार्यक्रमका प्रमुख अतिथिका रुपमा
नेकपा (एमाले) पोलिटब्युरो सदस्य,जिल्ला इन्चार्ज एवं प्रतिनिधिसभा सदस्य सूर्य थापाले सम्बोधन गर्नुभएको थियो।
नव निर्बाचित कार्यसमिति लाई शुभकामना तथा बधाई ज्ञापन गर्दै इन्चार्ज थापाले सामाजिक रुपान्तरण,महिला जागरण र सामाजिक न्याय प्राप्तिका अभियानमा एमाले अग्रस्थानमा रहेको बताउनुभयो।
पार्टी निर्माणका लागि गरिएका आन्दोलनहरूमा महिलाको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उहाँले नेकपा एमाले पार्टी भनेको हरेक क्षेत्रमा एक तिहाइ महिलाको सहभागिताको विषय उठान गरेर त्यसलाई कानूनी हिसाबले स्थापित गर्ने पार्टी नेकपा एमाले मात्र भएको दावी गर्नुभयो।