स्थानीय सरकार,कानुन निर्माणमा ढिलाई गर्नु हुँदैन : शभामुख घर्ति मगर

स्थानीय सरकार,कानुन निर्माणमा ढिलाई गर्नु हुँदैन : शभामुख घर्ति मगर

सीता बि.क
प्युठान,लुम्बिनी प्रदेशका शभामुख तुलराम घर्ति मगरले जनतालाई सुशासन दिन नीति आवश्यक पर्ने बताएका छन्।
लुम्बिनी प्रदेश शभा र स्थानीय तह बिच कानुन निर्माण तथा सभा सन्चालन सम्बन्धि पत्रकार भेटघाट कार्यक्रममा सभामुख घर्ती मगरले नयाँ संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाए पनि त्यसअनुसारको कानुन निर्माण हुन नसक्दा तल्लो तहसम्म सेवा प्रवाह भने प्रभावकारी बन्न नसकेको भन्दै विधि र प्रक्रियागत रुपमा कानून निर्माण गर्नुपर्नेमा  जोड दिए।

स्थानीय तह कानून निर्माण भन्दा पनि बिकास निर्माणमा पर्याप्त ध्यान पुगेकाले सुशासन सेवा प्रवाहमा असर पार्नुका साथै बेथितिलाई सघाएको छ।शभामुख घर्तिले भने -"सरकारले जनतालाई सुशासन दिन नीति आवश्यक पर्छ।ती नीति कार्यान्वयन गर्न कानुनको आवश्यकता पर्छ।"जनप्रतिनिधिमा इच्छा शक्ति चाहिन्छ जनताले दिएको ५ बर्षे म्याण्डेडमा रहेर असल कानुन निर्माण गरि प्रभावकारी कार्यान्वयन हुनुपर्छ।,स्थानीय तहले पाएको अधिकारको सही सदुपयोग गरी प्रणालीको औचित्य पुष्टि गर्ने जिम्मेवारीसमेत जनप्रतिनिधिको भएको उनको भनाइ थियो। 


कानुन निर्माण सङ्गै एकीकृत विकासको अवधारणाका आधारमा अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएकोले सङ्घीय शासन प्रणाली अनुसार स्थानीय तह र प्रदेशले पाएको अधिकारको सही सदुपयोग गरी प्रणालीको औचित्य पुष्टि गर्ने जिम्मेवारी जनप्रतिनिधिमा भएको उनको भनाई थियो।त्यस्तै सभामुख घर्तीले सार्वजनिक निकायको खरीद संशोधन ऐन झन्झटिलो भएको समेत बताए। बोलपत्रको हकमा ३५ दिन घटाएर कम्तिमा ७ दिनको बनाउनुपर्छ"-उनले भने अहिलेको भरपर्दो टेक्नोलोजीलाई अधिकतम प्रयोग गर्दै उत्पादक,बिक्रेता,आपूर्तिकर्ता,निर्माण व्यवसायी वा सेवा प्रदायकलाई विना भेदभाव सार्वजनिक खरीद प्रक्रियामा सहभागी हुने समान अवसर सुनिश्चित गरी सुशासनको प्रत्याभूति दिलाउने तर्फ स्थानीय सरकार अगाडी बढनुपर्छ।"
स्थानीय सरकारमा ऐन निर्माण नहुँदा जनताले संघीयताको अनुभूति गर्न नै नपाइरहेको नेपाल पत्रकार महासघ प्युठानका अध्यक्ष सन्जय रिजालले बताए। 
स्थानीय तहमा प्रयाप्त कानुन बन्न नसक्दा राज्यलाई अगाडि बढ्न र संघीयताको पूर्ण कार्यान्वयनमै सरकार चुकिरहेको र थप बेथिति पैदा गरिरहेको उनको भनाई थियो। 
प्युठान नगरपालिका वडा नम्बर ४ जुम्री स्थित आयुष्मा होटेलमा भएको कार्यक्रममा जिल्लाका कृयाशिल सन्चारकर्मिको सहभागीता रहेको थियो।