स्वर्गद्वारी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा उम्मेद्बारी दिएका "टेकराज" को हुन् ?

स्वर्गद्वारी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा उम्मेद्बारी दिएका "टेकराज" को हुन् ?

राम बहादुर बिश्वकर्मा
प्युठान,प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचनको माहौल देशै भरी चलिरहेको छ।२०७९ चैत्र ५ मा भएको स्ववियु निर्वाचन अब भने दुई वर्ष पछि आसन्न चैत्र ५ मा हुँदै छ।
देशै भरिका क्याम्पसमा माहौल तातिरहेका बेला प्युठानका क्याम्पसहरुमा पनि चुनावी माहौल व्यापक रूपले लागिरहेको छ।
विभिन्न संघ सङ्गठनहरुले आज आफ्ना उम्मेदवारहरू दर्ता गराईसकेका छ्न। 
त्यसै सन्दर्भमा जिल्लाकै पहिलो क्याम्पस स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलामा अनेरास्ववियु जिल्ला कमिटी प्युठानको तर्फ बाट अध्यक्ष टेकराज के सि ले स्वबियु सभापतिमा उम्मेद्बारी दर्ता गराएका हुन।
सबैको सुझाव सल्लाह र धारणाबाट टेकराज के सि लाई स्वर्गद्वारी बहुमुखी क्याम्पस बाट सभापतिको उम्मेदवार बनाउनु पर्छ भन्ने थियो। नियमित विद्यार्थीहरू बाट सभापति उम्मेदवारको लागी सबै भन्दा बलियो टेकराज के.सि रहेको प्रस्ट बताएका थिए। सभापतिको लागी सबैको समर्थन टेकराज लाई थियो।
के सि अनेरास्ववियुका जिल्ला अध्यक्ष तथा हाल सम्म स्वर्गद्वारी बहुमुखी क्याम्पसका स्वबियु शभापती समेत हुन। टेकराज बिना चुनावी अभियानमा होमिनु इतिहासकै मूर्खता साबित हुने सबैको धारणा थियो। अहिले स्नातक तह तेस्रो वर्षमा अध्ययनरत नियमित विद्यार्थी हुन। उनी नियमित विद्यार्थी भएको र हरेक समय विद्यार्थीकै माझ रहेर काम गरेको हुनाले सम्पूर्ण विद्यार्थीको पहिलो रोजाई नै के.सि थिए।

आसन्न चैत्र ५ मा सम्पन्न हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलामा अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन(अनेरास्ववियुं)को तर्फबाट सभापति पदका लागि उमेदवार रहनुभएका के सि ले अध्यक्ष पदमा उम्मेद्बारी दर्ता गराएको पैरवी अनलाइन लाई जानकारी दिए।
स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) कोसभापति को नेतृत्व लिदै गर्दा आफुले विद्यार्थीहरूको हक,अधिकार र आवाजको प्रतिनिधित्व गर्ने संस्थाको नेतृत्व गर्दै बिध्यार्थिको हक अधिकार,सामाजिक न्याय र विद्यार्थीका समस्याहरूको समाधानका लागि संघर्षरत भएको अनुभव सुनाउदै कयौं कामहरु पूरा गर्न बाकी रहेकाले अबको कार्यकालमा पूरा गर्ने गरि आफ्नो उम्मेद्बारी रहेको सुनाए।

स्ववियु निर्वाचन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन,विद्यार्थीहरूको अधिकार सुनिश्चित गर्ने महत्त्वपूर्ण माध्यम हो,विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नीतिगत,संरचनागत,पाठ्यक्रमगत सुधारका लागि म र मेरो टिम ‘सिस्टममा सुधार, गुणस्तरीय शिक्षा का लागि अघि बढेका हौं।’विश्वविद्यालयमा थिति बसाल्नका लागि  नीतिगत,संरचनागत कुराहरु सुधार्नु पर्ने उनले औंल्याए।
उनको नेतृत्वमा प्रेम पुन ले सचीव र  सुशील बुढाले कोषाध्यक्षमा उम्मेद्बारी दर्ता भएको छ।

 

को हुन ? स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला का लागि अनेरास्ववियु बाट सभापतिमा उम्मेद्बारी दिएका "टेकराज"


बुवा थमे खत्री क्षेत्रि र माता तुलसा कुमारी खत्री क्षेत्रिको कोखबाट बि.स. २०५५ फागुन १६ गते प्युठान नगरपालिका वडा नम्बर ५ जुम्रीकाडा पुर्णगाउँमा टेकराज  के.सि को जन्म भएको हो । प्रत्यक्ष अप्रत्यक्ष राजनीतिक पारिबारिक बाताबरण भएका कारण टेकराज सानै उमेर देखि राजनितिमा निकै चासो राख्ने गर्थे। कम्युनिस्ट बिचारधारा तथा जनताको बहुदलीय जनबाद राजनीतिक बिचार धाराबाट प्रभावित के सि को उमेर धेरै नभए पनि बिद्यार्थी राजनीतिक इतिहास भने लामै छ।
अनेरास्ववियु बाट आफ्नो राजनीति यात्रा सुरु गरेका के.सि सुरुवातमै अनेरास्ववियु को जिल्ला सचीवको जिम्मेवारी पूरा गरि हाल जिल्ला अध्यक्ष रहेका उनि अहिलेसम्म स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्डेखोलाका स्वबियु सभापती समेत हुन।स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलाको लोकप्रिय नेताको रुपमा परिचित छन्। मीठो बोली सहयोगी भावना,निडरपन,ज्यादतीका विरुद्ध चर्को आवाज उठाउने,बिद्यार्थी हकहितमा काम गर्न रुचि राख्ने टेकराज के सि का विशेषता हुन।
जहिले विद्यार्थीको पक्षमा उभिइरहने के.सि सम्पूर्ण कर्मचारी,प्राध्यापक लगायत विद्यार्थीहरू द्वारा सर्वाधिक रुचाइएका उम्मेदवार हुन।
काम गर्ने हक्की शैली भएका के.सि ले विद्यार्थीका गुनासालाई प्रथम श्रेणिको दर्जामा राख्ने गरेका छन्। उनी बिचारमा प्रस्ट र धारणामा प्रखर वक्ता पनि हुन। उनी रेगुलर विद्यार्थी भएकाले सम्पूर्ण विद्यार्थीको मागलाई सम्बोधन गर्न अनेरास्वबियुले के.सि लाई सभापतिमा अगाडी बढाएको हो।